www.tandavnews.com
Fact ~ In search of truth

लेखा तथा कर व्यवस्थापन तालिम सम्पन्न

पोखरा ।

कोअपरेटिभ म्यानेजर्स क्लव कास्कीको आयोजनामा सहकारीमा लेखा तथा कर व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

२ दिने सञ्चालन भएको तालिम चार्टड एकाउन्टेन्ट राजकुमार फुयालले सहजिकरण गरेका थिए । तालिममा ५० वटा सहकारी संस्थाका ५५ जना सहभागि रहेका थिए । तालिम कर दाखिला सम्बन्धि दुविधा हटाउन उपयोगी भएको क्लवका सचिव अपिल कोईरालाले वताए।

Batas

तालिममा व्यवस्थित तरिकाले लेखा कसरी राख्ने, आयकरको गणना कसरी गर्ने, टिडिएस दाखिला कुन कुन समयमा गर्ने, पारिश्रमिक कर कसरी गणना गर्ने, इटिडिएस कसरी गर्ने, राजश्वको शिर्षकहरु के के हुन्छन, समयमा कर दाखिला नगरेमा के हुन्छ, कति रकम र कस्तो विलको टिडिएस कसरी गर्नुपर्दछ, आयकर ऐनमा सहकारी सम्बन्धी के व्यवस्था छ, वासलात र आयविवरण कसरी बनाउने लगायतका थुप्रै विषयमा सिक्ने अवसर पाएको सहभागिहरुले बताए ।

क्लवका अध्यक्ष मिलन ढकालले क्लवले विगतमा दर्जनौ तालिमहरु सञ्चालन गरि सकेको र भाविष्यमा पनि सहकारी सम्बन्धी वहुउपयोगि तालिम सञ्चालन गर्ने बताए । तालिममा सिकेका कुराहरु सम्बन्धित संस्थामा तुरुन्त लागू गर्न ढकालले आग्रह गरे ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.