www.tandavnews.com
Fact ~ In search of truth

लेट्स युनाइट टुगेदर : अष्ट्रेलियामा भारतको हेपाहा प्रवृत्ति विरुद्ध हस्ताक्षर संकलन

सिड्नी ।

भारतले नेपाली भू-भाग आफ्नो नक्सामा राख्दै सार्वजनिक गरेपछि यसको विरोध भइरहेका छन् । देशभित्र हप्तौदेखि प्रदर्शन जारी छ । सरकारले समेत स्पष्ट रुपमा आफ्नो भनाई सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पहिलो पटक औपचारिक समारोहमा बोल्दै कालापानीबाट भारतीय सेना फिर्ता लैजान भनेपछि भारतीय मिडियामा प्राथमिकताका साथ यस विषयले ठाउँ पाएको छ ।

अष्ट्रेलिया पढ्न गएका विद्यार्थीले गत हप्ता आइतबार प्रदर्शन गरेकोमा आज सोमबार हस्ताक्षर संकलन नै गरेको छ । विश्व समुदायको ध्यानाकर्षण गराउन रचनात्मक ढंगले प्रदर्शन गरेका उनीहरुले डेढ सय बढीको हस्ताक्षर संकलन गरेका छन् । अष्ट्रेलियामा रहेका भारतीय नागरिकले समेत अभियानमा साथ दिँदै हस्ताक्षर गरेको विद्यार्थी रोशन अधिकारीले जानकारी दिए ।

Batas

भारतले नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि विदेशी भूमिबाटै दबाबमूलक कार्यक्रम आयोजना गर्न अधिकारी सहित सञ्जय लामा, सुवास बञ्जरा, ज्योति तिवारी, टंक रिजाल, सुदिप विश्वकर्मा, मनोज सुवेदी, निरज शर्मा अग्रसर बनेका हुन् । उनीहरुले ‘लेट्स युनाइट टुगेदर’ नाम दिएर क्याम्पेन चलाएका छन् ।

सिड्नी टाउन हल पार्कमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हस्ताक्षर संकलन गरिएको र संकलित हस्ताक्षरको ब्यानर नेपाली दुतावासमा बुझाईने अधिकारीले जनाए । उनीहरुले आजपनि प्लेकार्डमा आफ्ना नारा लेखी प्रदर्शन गरेका थिए । ‘कालापानी, लिपुलेक, लिम्पियाधुर नेपालकै हो ।’, ‘हामी टाढा छौं तर एकताबद्ध छौं ।’ लगायतका नारा लेखी त्यहाँ आउनेहरुलाई बुझाउँदै हस्ताक्षर गर्न लगाएका थिए । भारतीय नागरिकले समेत नेपालको माग जायज रहेकाले आफ्नो भूमि सबैलाई प्यारो लाग्ने बताउँदै हस्ताक्ष्र गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.