www.tandavnews.com
Fact ~ In search of truth

लोकसेवा विज्ञापन रिटःआज सुनुवाई,बहस सकेर आदेश आउने सम्भावना

काठमाडौं ।

लोकसेवा आयोगको विज्ञापनसम्बन्धी रिटमा आज सर्वोच्चमा सुनुवाई हुँदैछ ।

लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापन समावेशी नभएको भन्दै सर्वोच्च अदालतमा पाँचवटा रिट दायर भएको थियो ।

Batas

हिजो न्यायाधीशहरु हरिकृष्ण कार्की र डा. आन्दनमोहन भट्टराईको संयुक्त इजलासमा सुनुवाइ भएको रिटमा बहस नसकिएकाले आजका लागि पेशी तोक्दै ‘हेर्दा हेर्दै’को सूचीमा राखिएको छ । सर्वोच्च स्रोतका अनुसार आज बहस सकेर आदेश आउने सम्भावना छ ।

लोकसेवा आयोगले गत जेठ १५ गते ९ हजार १ सय ६१ पदका लागि आह्वान गरेको विज्ञापन संविधानले अंगिकार गरेको समावेशी सिद्धान्तअनुसार नभएको जिकिर गर्दै अधिवक्ताहरु जगदेव चौधरी, विकास ठाकुर र राजाराम घिमिरेले रिट दायर गरेका थिए ।

यसैगरी स्थानीय तहमा करार तथा अस्थायीमा कार्यरत १ सय २१ जना कर्मचारीका तर्फबाट जनबहादुर बुढाले पनि रिट दायर गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.