www.tandavnews.com
Fact ~ In search of truth

लोमान्थाङमा सेनाको क्याम्प स्थापना

मुस्ताङ ।

उपल्लो मुस्ताङको लोमान्थाङमा नेपाली सेनाको क्याम्प स्थापना भएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोराला नाकादेखि २६ किलोमिटर नेपाल तर्फको भागमा आइतबार हिजोदेखि सेनानीको नेतृत्वमा क्याम्प स्थापना गरिएको हो ।

Batas

जोमसोम स्थित बज्रदल गण अन्तर्गत रहने गरी स्थापना भएको क्याम्पमा हाल ५० जना सेनाको टोली खटिएको छ । क्याम्प रहेको स्थान समुद्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको छ ।

सेनाको क्याम्प राख्न एक हजार २१७ रोपनी जग्गाको व्यवस्थापन गरी भवन लगायतका पूर्वाधार निर्माण गरिएको छ । क्याम्प मार्फत सुरक्षा गतिविधिसँगै उच्च भूगोलको सैनिक तालीम सञ्चालन र विपद् व्यवस्थापन सम्बन्धी गतिविधि हुने जनाइएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले आवश्यक जग्गा र पूर्वाधारको व्यवस्थापन गरेपछि क्याम्प राखिएको बताए । क्याम्प स्थापना भएपछि उपल्लो मुस्ताङमा सुरक्षाको पहुँच बढ्ने र विपद् व्यवस्थापनमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी क्षेत्रीको भनाइ छ ।

सेनाको क्याम्प स्थापना भएपछि लोमान्थाङमा रहेको युरेनीयम खानीको सुरक्षा र कोरला नाका सञ्चालनका लागि सुरक्षाको प्रत्याभूतिको सन्देश प्रवाह हुने मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.