www.tandavnews.com
Fact ~ In search of truth

‘वडाका काम समयमै हुने व्यवस्था मिलाएका छौँ’

पाेखरा
ताण्डव न्यूज । 

अध्यक्षको दैनिकी कसरी गुज्रिरहेको छ ?

जनताको सेवा गर्दै, १० देखि ५ भन्दा पनि २४ सैं घण्टा जस्तै डिउटी हो हाम्रो त ।

Batas

घोषणा पत्रमा दिइएको अनुसार वडाका लागि तपाईले काम गर्नुभएको छ त ?

हामी जुन राजनीतिक हिसाबले आयौँ, वडा अध्यक्ष, वडा सदस्य भइसकेपछि हाम्रा वडाका जुन सम्बोधनहरु हुन्छन् त्यो सबैको साझा हुन्छन् । त्यसमा प्रतिपक्षले र हामीले गर्ने कुराहरु राखेका छाँै, यद्यपि महानगरपालिकाबाट आउने आर्थिक बजेट पनि कमै आएको छ । त्यसैमा रहेर पूर्वाधार, सामाजिक सबै विकास निर्माणमा पर्ने कामहरु वडाले नै हेरेर गरिरहेको छ ।

वडामा मुख्य के–के कामहरु गर्नुभयो ?

महानगरपालिकाको ३ नम्बर वडा भनेको सम्पन्न वडामा नै पर्दछ । त्यही पनि हिजोका ती बाटाहरु फराकिलोे गर्नु पर्ने, साँस्कृतिक सम्पदालाई बचाएर लैजानुपर्ने, वडा भवनको निर्माण, वडा ३ र ११ जोड्ने पुलको लागि पहल भएको छ । बाटोको स्तर उन्नतिको लागि यहाँका आमा समूह, सङ्घ संस्थाको सहकार्यमा काम अघि बढाएका छाँै ।

गत वर्षको चार वटा योजनालाई हामीले एउटै योजनामा ल्याएका छाँै । त्यसमा लगभग २६ लाखमा सानोमुख चोकमा फुटपाथ सहितको नालीको व्यवस्थापन, ५६ लाखमा भिसी मार्ग ३० मिटर चौडाको नाली सहितको बाटो व्यवस्थापन, कन्या मार्गमा पिच प्याचिङको व्यवस्था, गुढेबारीमा प्याचिङको व्यवस्था, साथै फोहोरमैलाको पनि राम्रो व्यवस्था गरिएको छ ।

१५/२० दिन भयो बाटोले अलि कठिन भएको छ तर, हामी आइसकेपछि वडामा हुने कामहरु समयमा नै हुने व्यवस्था मिलाएका छाँै । ३ नम्बर वडामा हुनुपर्ने भौतिक कामहरुमा पछि परेका छैनौँ ।

वडामा गर्न नसकेका कामहरु के–के छन् ?

गर्न नसकेका कामहरु पनि छन्, ढल समग्र पोखराकै समस्या हो । बलेनीको पानी बाहिर निकाल्न हुन्न भन्ने कुरा स्थानीय बासीले पनि बुझ्न जरुरी छ । पोखरामा बढी पानी पर्ने हुनाले पनि हामीले पालिखेचोकमा नालीको व्यवस्था गर्दैछौँ ।

हामीले तुलसी घाटमा एउटा व्यवस्थित खेल मैदान, सुरक्षाको लागि सिसी टिभी जडान, पोखराको उत्पतिसँगै स्थापना भएको नारायणथानलाई धार्मिक केन्द्रको रुपमा लैजाने वडाको योजना छ । यस्तै सयदेखि २ सय वर्ष कटेका थुप्रै धार्मिक स्थलहरु यस वडामा पर्दछ त्यसलाई पनि व्यवस्थित तरिकाले निर्माण गर्ने योजना रहेको छ ।

महानगरमा भएपनि तुलानात्मक रुपमा विकसित देखिँदैन कारण के होला ?

महानगर भनेपछि आधारभूत कुराहरु पहिले नै पुगिसकेका छन् । कारण के हो भन्दा, अहिले केही ग्रामीण भेगहरु मिलाएर नयाँ वडाहरु बनेका छन, त्यसमा पनि केही विकासका कुरामा ध्यान दिनुपर्ने हुन्छ । यद्यपि जुन बढ्दो शहरीकरण, यातायातको चाप लगायतका कुराहरुमा पनि व्यवस्थित गर्नुपर्छ ।

तत्काल कुन योजनामा व्यस्त हुनुहुन्छ ?

तत्काल यो रातो बुकमा महानगरीय स्तरबाट कुनै पनि योजना नपरेको हुँदा हड्तालमै व्यस्त भएका थियाँ । मेयरसाबको अनुसार अब केही महत्वका योजनाहरुलाई सँगै लैजाने व्यवस्था मिलेको छ । अब राम्रो वडा बनाउनु हामी सबैको दायित्व हो ।

वडाबासीलाई के भन्न चाहनुहुन्छ ?

म राजस्व परामर्श समितिमा भएको हुनाले पनि वडाबासीहरुलाई कर समयमै तिर्न आग्रह गर्दछु । उहाँहरुको दिएको करबाट नै महानगरको बजेट निर्धारण हुने गर्छ र त्यही विकास निर्माणमा लाग्ने हो त्यसकारण कर समयमै तिर्नुपर्ने जानकारी सबैमा गराउन चाहन्छु । जनताहरुले, जनप्रतिनिधिले गरेका विकास निर्माणका कामहरु के कस्ता भएका छन् भन्ने कुरामा खबरदारी गर्नुपर्छ। आफ्नो वडाको बारेमा हरेक जनताले बुझ्न जरुरी छ ।

अबको तिन वर्षमा वडा नं.३ लाई कुन स्तरमा देख्न सकिन्छ ?

महानगरपालिका र कार्यपालिकाको सदस्य भएको हुनाले अबको तिन वर्षमा यस वडालाई समृद्ध वडाका रुपमा देख्न सकिने कुरामा म विश्वास दिलाउन चाहन्छु । यहाँका सामुदायिक स्कुलहरुको स्तर उन्नति गर्ने, धार्मिक रुपमा स्थापित गर्ने, खेल मैदानको निर्माण गरी अन्य विकास योजनामा पनि म निरन्तर लागि पर्ने छु ।

प्रस्तुति : विनिता सुनार

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.