www.tandavnews.com
Fact ~ In search of truth

वनमन्त्री शक्ति बस्नेतकी भतिजी बबिताद्धारा आत्महत्या

पोखरा ,
ताण्डव न्यूज ।

वनमन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत झुन्डिएको अवस्थामा मृत फेला परेकि छिन् ।

ललितपुरको बालकुमारी स्थित वेबस्टार अपार्टमेन्टमा २५ वर्षीया बबिता मृत फेला परेकि हुन् ।आज सोमबार बिहान साढे १० बजेको समयमा बबिता सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । मृतक बस्नेतको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

बबिताको आत्महत्याबारे विस्तृत जानकारी आएको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.