www.tandavnews.com
Fact ~ In search of truth

चाइनापुल आसपास युवा पत्रकार संजालको डस्टविन

पोखरा ।

पोखरामा क्रियाशिल युवा पत्रकारहरुले पोखरामा फोहोर व्यवस्थापनका लागी नौलो सामाजिक अभियानको थालनी गरेका छन् ।
पोखरा प्रवेशको मुख्यद्धार चाईनाँपुलदेखी जिल्ला ट्राफिक प्रहरी कार्यालय वरीपरिको क्षेत्रमा दर्जन बढि डस्टविनहरु राखेर उनिहरुले अभियानको थालनी गरेका हुन् ।

अभियानको थालनी गर्दै पोखरा महानगरपालिका वडा नं.९ का वडा अध्यक्ष रामराज लामिछानेले सार्थक सामाजिक परिवर्तनको बिजारोपण भएको बताए । संरक्षणको कठिन चुनौतीलाई सरल समाधानका साथ सरोकारवाला निकायको समेत ध्यानाकर्षण हुनेगरि उदाहरणीय कार्य गर्न संजाल सफल भएको लामिछानेले बताए ।

Batas

वडा सदस्य राममाया मानन्धरले घर वा पसलबाट निस्कने फोहोरको उपयुक्त व्यवस्थापन गरि मानविय सभ्यताको प्रदर्शन गर्न वडावासीहरुलाई आग्रह गरिन् । संजालले राखेका डस्टविनको साहायताले पोखरा स्वच्छताको नयाँ सिद्धि चढ्न सफल हुने उनले विश्वास समेत व्यक्त गरिन् ।

पोखरा महानगरपालिका कार्यालयको सरसफाई शाखाकी प्रमुख कल्पना बरालले कठिन चुनौतीका बाबजुत संजालले गरेको उक्त कार्यले वातावरण संरक्षण प्रति नागरिकको दायीत्वलाई उजागर गरेको बताईन् । युवा पत्रकारहरुको अभियानले वातावरण संरक्षण प्रति सरोकारवाला निकायको विलम्बलाई चुनौती दिएको समेत उल्लेख गरिन् ।

वडा नं .९ का वडा सचिव लोकदर्शन कोईरालाले संरक्षण र व्यवस्थापनका लागी निरन्तर खबरदारीमा जोड दिए । टोल विकास संस्था वडा समन्वय समिति वडा नं.९ का अध्यक्ष उत्तम जोशीले युवाहरुले थालेको अभियान सार्थक बन्ने विश्वास व्यक्त गरे ।

संजालका सल्हाकार उमेश पुनले वातावरणीय स्वच्छता संरक्षणको अभियानमा हातेमालो गर्न सम्बन्धित सवैलाई आह्वान गरे । पत्रकारहरु माथी हुने यातना विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा थालिएको उक्त अभियाननका सन्दर्भमा संजालले वातावरण माथीको मानविय यातना कुनैपनि हालतमा स्विकार्य नहुने बताएको छ ।

वातावरण प्रदुषणमा संलग्न कुनैपनि व्यक्तिलाई संजालले सामाजको विरोधी भनेको छ । पहिलो चरणमा संजालले पोखराको पृथ्वीचोक आसपासमा १२ थान र चिप्लेढुंगा–महेन्द्रपुलमा ३ थान गरि १५ थान डस्टविनहरु राखेको छ ।

संजालका अध्यक्ष भिम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष शुसान्त गाहामगर र संचालन महासचिव सुरेस राज अधिकारीले गरेका थिए । कार्यक्रममा युवा पत्रकार संजालका दर्जनौ सक्रिय सदस्यहरुको समेत प्रत्यक्ष सहभागीता र संलग्नता रहेको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.