www.tandavnews.com
Fact ~ In search of truth

वालिङमा बोक्सीको आरोप लगाउने दुई महिला पक्राउ

वालिङ ।

बोक्सीको आरोप लगाउने दुई महिलालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

एक महिलालाई बोक्सीको आरोप लगाई गालीगलौज गरी पीडा दिएको जाहेरी बुधबार वडा प्रहरी कार्यालय वालिङमा परेपछि प्रतिवादीहरु दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए ।

Batas

नायब उपरीक्षक भण्डारीका अनुसार तनहुँ बन्दीपुर नगरपालिका–६ घर भई पोखरा १६ बस्ने ३३ वर्षीया सोममाया गुरुङ र चापाकोट नगरपालिका–२ बस्ने वर्ष २५ वर्षीया चन्द्रकला थापा पक्राउ परेका हुन् ।

पक्राउ परेका दुई महिलाले ३८ वर्षीया एक महिलालाई मङ्गलबार बोक्सीको आरोप लगाई गालीगलौज तथा पीडा दिएको जाहेरीमा उल्लेख गरिएको छ ।

प्रतिवादी दुवैलाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा ‘भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुर’ अपमानजनक वा अमानवीय व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु भएको प्रहरीको भनाइ छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.