www.tandavnews.com
Fact ~ In search of truth

विकराल बन्दै अत्महत्या

सञ्जय रेग्मी
पर्वत, ताण्डव न्यूज ।

पर्वतको कुश्मा नगरपालिका वडा नं २ खुरकोटका २६ वर्षीय गणेश भनिने फणिन्द्रराज पौडेल गएको तीजको दरखाने दिन भदौ २६ गते मंगलबार आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परे ।

आठ वटी छोरी जन्मेपछि जन्मेका एक छोरा त्यो पनि तीजमा दिदीहरुलाई जम्मा गरेर दर खुवाउने दिनमा झुण्डिएर आत्महत्या गरे । स्नातकोत्तर तहमा अध्ययनरत पौडेल केही समय पहिलेदेखि मानसिक समस्याबाट पीडित थिए । मानिसदेखि डराउने स्वभावका रहेका पौडेल श्रीमती माइत गएपछि एक्लै भएको अवस्थामा झुण्डिएका थिए । उनका दुई छोरीसमेत छन् ।

Batas

पौडेल मात्र होईन कुश्मा नगरपालिका वडा नं ७ की १८ वर्षीया बबिता सुवेदीले पनि गएकै भदौ महिनामै आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परिन् । बिहान घर सफा गरेकी गौतम मृत फेला परेपछि परिवारका सदस्यले प्रहरीमा खबर गरे । गएको असारमा मात्रै बिबाह बन्धनमा बाँधिएकी गौतमले आत्महत्या नै गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएपनि उनले किन आत्महत्या गरिन वा मृत्युको कारण अरु नै हो भन्ने खुल्न सकेको छैन ।

पौडेल र गौतम मात्रै होइन पर्वत जिल्लामा पछिल्लो समयमा आत्महत्याका घटना बढ्न थालेका छन् । चालु आर्थिक वर्ष २०७५/७६ सुरु भएपछि साउन र भदौको अन्तिम सातासम्म ६ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्ने मध्ये अधिकाँश महिला छन ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ मा ३६ जनाले आत्महत्या गरेका छन् । जसमा झुन्डिएर आत्महत्या गर्ने २७ हामफाली आत्महत्या गर्ने ७ र बिष खाई आत्महत्या गर्ने २ जना रहेका छन् ।

आर्थिक वर्ष २०७३/७४ मा ३१ जनाले आत्महत्या गरेका छन् । जसमा झुण्डिएर आत्महत्या गर्ने २६ हामफाली आत्महत्या गर्ने ४ र विष खाई आत्महत्या गर्ने १ जना रहेका छन् । भने २०७२/७३ मा २९ जनाले आत्महत्या गरेका छन् ।

जसमा झुण्डिएर आत्महत्या गर्ने २३ हामफाली आत्महत्या गर्ने ४ र बिष खाई आत्महत्या गर्ने २ जना रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले बताए । तिवारीका अनुसार आत्महत्या गर्ने क्रम बढेर जाँदा यसले डरलाग्दो रुप लिन थालेको छ । पर्वतमा घरेलु हिंसा र आत्महत्या प्रमुख समस्याको रुपमा रहेको छ ।

यसका बिरुद्ध जनचेतना जगाउनु नै पहिलो आवश्यकता रहेको उनले बताए । समुदायसँग मिलेर आत्महत्याका विरुद्ध जनचेतना जगाउने कार्ययोजना बनाइएको उनले बताए । आत्महत्या गर्नेहरुमा महिला नै धेरै छन् । बिदेशमा श्रीमान र श्रीमती रहँदा पर पुरुषसँग हुने सम्बन्ध तथा एक आपसमा बढ्ने अबिश्वासका कारण पनि धेरै आत्महत्या बढेको देखिएको छ ।

आत्महत्या के हो ?

आत्महत्या कुनै रोग नभएर विभिन्न समस्या र परिस्थितिका कारण सिर्जना हुने एउटा अवस्था हो । जसमा मानिसले आपैmले आपैmलाई हत्या गर्छ वा घात गर्छन् । यस्ता परिस्थितिहरु आउनुको कारण डिप्रेसन हुने गरेको मनोविश्लेषकहरुको भनाई छ ।

संसारमा जति मानिसको मृत्यू हुने गरेको त्यसको एउटा हिस्सा आत्महत्या पनि हो । विद्यायल तहका बालबालिकादेखि युवायुवती, वयस्क र वृद्धहरूले पनि आत्महत्या गर्ने गरेका छन् । तथ्यांक अनुसार नेपालमा प्रत्येक २ घण्टामा एक जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । आत्महत्या गर्नेहरूमा १५ देखि ४९ वर्ष सम्मको उमेर समूह धेरै देखिन्छ ।

किन गर्छन् आत्महत्या ?

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारी भन्छन,‘हरेक व्यक्तिले जीवनमा केही गर्ने अभिलाषा बोकेको हुन्छ । यसले त्यसलाई सपना सम्झेको हुन्छ तर जब त्यो कुरा पूरा हुन पाउँदैन नी त्यही अवस्थामा डिप्रेसन सुरु हुन्छ अनि एकोहोरिएको मान्छेले अन्तिम उपायको रुपमा आत्महत्यालाई देख्छ ।’

कुनै पनि मानिसले जीवनमा कुनै न कुनै बेला आत्महत्याको सोचाइ राखेको हुन्छ । जब त्यही बेलामा मानिसलाई तनाव परेको हुन्छ त्यही बेलामा नै उसले आत्महत्या गर्छ । तर, जसको सोचाई क्षमता बलियो रहेको हुन्छ त्यस्तो व्यक्ति भने जोगिन्छ । आत्महत्या गर्नेहरू आर्थिक संकट वा गरिवी, पारिवारिक बेमेल, असफल प्रेम, असफलता लगायतका कारणहरु देखिएका छन् ।

यस्तै आप्mनो इज्जतलाई जोगाउन नसक्नु, व्यापार व्यवसायमा घाटा, आर्थिक भार, आफन्तको शोक, परिवारको मृत्यु, दैवीप्रकोप आत्मसम्मान घट्नु, एक्लोपन, गल्ति वा अपराध, महत्वाकांक्षा, दिर्घरोग, महिला अस्मितामाथि शंका लगायतले पनि मानिसलाई अत्महत्यामा प्रेरित गरिरहेको छ ।

आत्महत्याका लक्षण के हुन्छन ?

आत्महत्या गर्न खोज्ने मानिसहरुको स्वभाव अरु सामान्य व्यक्तिहरुको भन्दा फरक रहने डक्टर तथा मनोबैज्ञिानिकहरुको भनाइ छ । उनीहरु प्राय समूहमा रहन मन पराउँदैनन, एक्लै टोलाउने र धेरै कुरा सोच्ने बानी परेका हुन्छन ।

मनोविज्ञानबारे अध्ययन र अध्यापन गरेका पर्वतका प्राध्यापक राजेन्द्र पहाडी भन्छन, ‘अत्महत्या गर्न खोज्नेहरुले मर्ने उपाय के होला ? भनेर मृत्युको कुरा सुन्दा बढी चासो व्यक्त गर्छन । प्राय समयमा निराश देखिने, आपैmले आपूmलाई घृणा र अविश्वास गर्ने, एकान्तमा बस्न मन पराउने, समान्य अवस्थाका व्यवहारमा परिवर्तन भई असामान्य ब्यवहारहरु देखिन्छन ।’

आत्महत्या गर्ने मौका खोजीरहेकाहरुले मर्ने मान्छेले झै इच्छा देखाउने, अनावश्यक रुपमा साथीलाई फोन गर्ने, धेरै नबोल्ने वा अत्याधिक बोल्ने, बोल्दा हिँड्दा खानपिन गर्दा समेत फरक व्यवहार देखिने मनोपरामर्शदाताहरुको भनाई छ ।

आत्महत्या कसरी रोक्न सकिन्छ ?

आत्महत्या गर्न खोज्ने मानिसहरुको साथमा धेरै समय रहने, खुसी भैदीने, रमाईलो गरिदिने, लगायतका कुराहरु गरेर उसलाई तत्कालको दुर्घटनाबाट जोगाउनु उत्तम बिकल्प हो । त्यसपछि भने बिस्तारै उसको बारेमा अध्ययन गर्ने र डिप्रेसनमा परेका वा अचानक आत्महत्याको निर्णयमा पुग्न लागेकाहरुको मनको कुरा खोतल्ने प्रयास गर्नुपर्छ ।

तर, यो पनि सबै व्यक्तिले होईन आत्महत्याको प्रयास गर्ने व्यक्तिले रुचाइएको व्यक्ति भएमा मात्र सम्भव छ । अत्महत्याको प्रयास गरेका वा गर्न लागेका व्यक्तिलाई कहिल्यै पनि होच्याउने, गिज्याउने, ब्यङग्य गर्ने, हाँसोमा उडाउने, यस्तो नगर भनेर निर्देशन वा आदेश लगायतका कामहरु गर्नु हुँदैन ।

आत्महत्या मानवताविरोधी अपराध हो । यसलाई मानव जीवनको कमजोर मानसिकता वा सानो सोचाई क्षमताको रुपमा पनि हेरिन्छ । आत्महत्याका कारण बिभिन्न हुन सक्छन । समस्यामा परेको व्यक्तिको मूल जरोमा पुगेर समस्या पत्ता लगाएर त्यसको निदान गर्न सकियो भने व्यक्ति आत्महत्याबाट जोगिन सक्छ ।

नेपालको सन्दर्भमा पछिल्लो घट्नाक्रमलाई हेर्ने भने आत्महत्याको प्रमुख एउटा कारण सामाजिक सञ्जाल पनि बनेको छ । सामाजिक संजालकै माध्यमबाट गरिने प्रेम सम्बन्ध, अपरिपक्व उमेरमा गरिने प्रेम र असुक्षरित यौन सम्बन्ध पनि अर्का कारणहरु हुन । यी बाहेक बच्चाहरुले माग गरेका कुरा अभिभाभवकले पूरा गरिदिन नसक्नु, घरको निगरानी बढी हुनु वा बढी स्वतन्त्र हुनु लगायत पनि छन ।

त्यसैले पनि आँपूmले गर्ने हरेक व्यवहार र अरुले गर्ने व्यवहारका बीचमा विश्लेषण भएमा नकरात्मक सोचको विकास हुन पाउँदैन । यसैगरी, समुदायमा बिभिन्न खालका जनचेतनामूलक कार्यक्रम तथा अभियान चलाउने गरेमा पनि यो कम हुन सक्छ ।

अत्महत्याको लक्षण देखिएका वा कुनै सकमा परेका व्यक्तिलाई उपयुक्त परामर्श दिलाउनु आवश्यक छ । पिडामा परेका व्यक्तिहरु पहुँचमा रहने गरी हतियार, लागूपदार्थ, औषधि, बिषादी लगायतका ज्यान लिन सक्ने कुराहरु राख्नु हुँदैन ।

(यो सामग्री जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारी, प्राध्यापक राजेन्द्र पहाडी, कुश्मा नगरपालिकाका स्वास्थ्य संयोजक उमाकान्त सापकोटा र केही नागरिकहरुको वार्तामा आधारित रहेर तयार पारिएको हो ।)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.