www.tandavnews.com
Fact ~ In search of truth

विकासका ठूला योजना समयमै सके मात्रै लाभ :अध्यक्ष तिमिल्सिना

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ठुला बिकासका योजनाहरु समयमा नै सम्पन्न गर्ने कुरामा सबै निकायले ध्यान दिनुपर्ने बताएका छन ।

सवा दुई अर्बको लागतमा निर्माण हुने नयाँ मोदी लेखनाथ प्रसारण लाईनको शिलन्यास गर्दै अध्यक्ष तिमिल्सिनाले शुरु भएका ठुला योजना सम्पन्न गर्ने प्रमुख लक्ष्य बनाउनु पर्ने भएकाले यसमा ध्यान दिन आग्रह गरेका हुन् ।

उनले पुर्वाधार बिकासका आयोजनाहरु समयमा सक्ने परिपाटी बिकास गर्न सके मात्रै जनताले छिटो लाभ लिन सक्ने भएकाले तोकिएको समय भन्दा कम्तीमा एक महिना अघि सक्न निर्देशन दिए। ‘कुनै योजनामा बजेट पर्नु ठुलो कुरा होइन्’, अध्यक्ष तिमिल्सिनाले भने, ‘समयमा सकियो भने मात्रै जनताले लाभ लिन सक्छन र लगानी सदुपयोग हुन्छ ।’

राज्यको निति नै आर्थिक समृद्धिको पक्षमा भएकोले सम्बृद्धि हासिल गर्न ठुलाठुला आयोजना निर्माण कार्य शुरु भएको बताए । अध्यक्ष तिमिल्सिनाले योजनाहरुसंगै आर्थिक बिकास हुन सक्ने कार्यक्रमहरु सञ्चालन गरि ब्यक्तिगत आम्दानी बृद्धि गर्न तर्फ लाभान्वित जनताहरु लाग्न पनि सुझाब पनि दिएका छन् ।

प्रतिनिधीसभाका सदस्य पदम गिरीले देशमा पुर्वाधार निर्माणको युग शुरु भएको बताए । उनले सरकार गठन भएको एक बर्षमा योजनाहरुका लागि पुर्वाधार बनाउन समय लागेको चर्चा गर्दै अब दैनिक रुपमा शिलन्यास र उद्घघाटनका कार्यक्रम मात्रै देख्ने दिन आउने दावी गरे ।

पर्वतको देउपुर देखि कास्कीको लेखनाथ सम्मको नयाँ मोदी लेखनाथ प्रसारण लाईन ४२ किलोमिटर लामो हुने आयोजनाले जनाएको छ । योजना अन्र्तगत १ सय ३८ वटा टावर रहने छन् । प्रसारण लाईन अन्र्तगत पर्वतको मोदी गाउँपालिका २ देउपुर स्थित सबस्टेशनमा मोदीखोलामा उत्पादित बिद्युत र कास्कीको माछापुच्छ्रे गाउँपालिका लाहाचोकमा सेतीनदी र मर्दीखोलाबाट उत्पादित बिद्युत जोडिनेछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.