www.tandavnews.com
Fact ~ In search of truth

विकासको एउटै सुत्र आवश्यकः प्रदेश ३ मुख्यमन्त्री पौडेल

पोखरा ।

तीन तहका सरकारबीच सहकार्य अति आवश्यक रहेको प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् ।

मुख्यमन्त्री पौडेलले देश विकासका लागि तिनै तहका सरकार बिच राम्रो सम्बन्ध सहकार्य हुनु आवश्यक रहेको बताए । विचार फरक भएपनि विकास फरक नहुने बताउँदै भौतिक विकास मात्र नभएर सामजिक रुपान्तरणलाई पनि विकासको सुत्र बनाउनुपर्ने विचार राखे ।

Batas

विकासलाई समृद्धिसँग जोड्नुपर्नेमा उनको जोड थियो। समाज परिवर्तन गराउनका लागि सरसफाइ तथा हरियाली प्रवद्र्धन पनि एउटा बाटो भएको उनको भनाइ थियो।फरक प्रसङ्गमा मुख्यमन्त्री पौडेलले कांग्रेसलाई पनि विकासमा साझेदारी गर्न आग्रह गरे। उनले भने, ‘विकास सबैका लागि हो। विचार फरक हुन सक्छ तर विकास फरक हुँदैन।’

विकासप्रतिको अवधारणा स्पष्ट नहुँदा विकास निर्माणले तीव्रता पाउन नसकेको उनको भनाइ छ।कार्यक्रममा प्रदेश सांसद विजय सुवेदीले चितवनको क्षेत्र नं २ को ९ख०मा मात्रै गत आर्थिक वर्षमा ६५ हजार फलफूलका बिरुवा रोपिएको जानकारी दिए। हरियाली कार्यक्रमलाई प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको पनि उनले जानकारी दिए।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, वडाध्यक्ष राजेन्द्रमणि काफ्ले लगायतले बोलेका थिए। कार्यक्रमको शुभारम्भ अघि मुख्यमन्त्री पौडेलले वृक्षरोपण, शहरी बायोग्यास प्लाण्ट उद्घाटन, पानी शुद्धीकरण, फोहर व्यवस्थापन लगायतको उद्घाटन गरेका थिए।

यस कार्यक्रमअन्तर्गत भरतपुर एक बगैँचा, सफा भरतपुर र हरियाली भरतपुर नाम दिएर फोहर व्यवस्थापन, सरसफाइ, वृक्षरोपण, पानीको शुद्धीकरण, शहरी बायोग्यास प्लाण्ट जस्ता कार्यक्रमहरु सञ्चालन गरिने सरसफाइ तथा हरियाली कार्यक्रम सञ्चालन समितिका अध्यक्ष केशव रेग्मीले जानकारी दिए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.