www.tandavnews.com
Fact ~ In search of truth

विजयकुमार र रवि लामिछानेकाे अँध्यारो-उज्यालो

विनिता सुनार
पाेखरा, ताण्डव न्यूज । 

पोखरा लेकसाइडमा जारी आइएमई नेपाल लिटलेचर फेष्टिवलको आज साेमबार तेस्रो दिन । अँध्यारो-उज्यालो को विषयमा दुई वक्ता बीचको कुराकानीमा दर्शकले खुबै चासो देखाएका थिए । ११ देखि १२ बजे सम्मको छलफलमा सञ्चारकर्मी विजय कुमार र रवि लामिछाने थिए ।

छलफलाई आघि बढाउँदै रविले विजयकुमार माथि गरेको पहिलो पश्न थियो, पत्रकारिता भन्दा साहित्य माथि छ, साहित्य भन्दा संगित माथी छ, तर त्यसो भनिरहँदा एउटा खराब संगित पत्रकारिता भन्दा माथि कदापि हुन सक्दैँन भनेर धेरै पटक तपाइले भन्नु भएको छ त्यसलाई फेरि स्पष्ट पारिदिनुस् न ?

Batas

‘ रविको उमेरमा छँदा मलाई पत्रकारिता नै सबैभन्दा माथि हो जस्तै लाग्थ्यो ।’ विजयकुमारले भने, विस्तारै जिवनकाल पार गदै गइसकेपछि मलाई के लाग्यो भने निश्चित रुपले यि तिनवटै विद्याहरु आफ्ना भाव प्रकट गर्ने माध्यम हो । मलाई अब यो कुरामा सन्देह छैन कि पत्रकारीता भन्दा साहित्य साहित्य भन्दा संगित माथिल्लो स्तरको विद्या हो । किनभने पत्रकारिता मूलतः रुपमा अपवाद बाहेक मस्तिष्कसंग सम्बन्धित छ । साहित्य अलिकति मस्तिष्क अलिकति मुटुसंग समबन्धित छ । संगित शतप्रतिशत मुटुसंग समबन्धित छ, मुटुको अगाडि मस्तिष्कको केहिपनि लाग्दैन । तरपनि खराब संगित उत्कृष्ट पत्रकारिता भन्दा कदापि माथि हुनै सक्दैन । किनकी उत्कृष्ट पत्रकारिता आफैँमा कला हो । कुनै पनि पेसा यदि त्यसले उत्कृष्टताका निश्चित सिमाहरुलाई छुन्छ भने त्यो कलामा परिवर्तन हुन्छ ।’

साहित्य विद्यामा नै रहेर कुरा गरिरहँदा रविले साहित्य सम्बन्धि अर्काे प्रश्न गरेका थिए, साहित्य तपाईको बुझाईमा के हो ? विजय कुमारले प्रष्ट्याउँदै भने ‘मैले कुनै साहित्य नै लेख्ने भनेर साहित्य लेखेको होइन् । मनको बोझलाई कम गर्ने मैले साहित्य लेखेको हो ।  ‘साहित्यमा एउटा लेख छ, शब्द र अर्थको मनमोहक विन्यास हो साहित्य । एउटा यस्तो वाक्य, एउटा यस्तो प्याराग्राफ, एउटा यस्तो अभिव्यक्ति जहाँ न शब्द अर्थ माथि भारि परोस, न अर्थ शब्द माथि बोझ साबित होस । छोटकरिमा भन्न पर्दा जे ले तपाईलाई छुन्छ त्यो नै साहित्य हो ।’

साहित्यको पाटोलाई बिट मादै रविले भने तपाईले तपाइको पुस्ताको नेताहरुलाई यसरि हुर्काेएर, पुल्पुलाएर नेताहरुबाट अहिले हामिले दुःख पाएका छौ यिनै नेताहरु हुन जसले तपाईले पुल्पुलाउनी भयो यसमा तपाईको केहि टिप्पणी छ ?

‘ हामि जहाँ बसेका छौ यसलाई मञ्च बन्छ, अब यो मञ्चमा कहिले हसाउँने आउँछन भने कहिले रुवाउँने त्यसमा मञ्चको दोष हुदैन् । मलाई पत्रकारितामा भ्रम कहिले पनि थिएन । म त्यो पत्रकारहरुमा पर्दिन जसमा यो भ्रम छ कि हामिले कोहि मानिसहरुलाई बनाउन वा बिर्गान सक्छौ, ‘हर मानिस आफ्नो कर्मले आउँछ र आफ्नो कर्मले नै जान्छ ’ विजय कुमारले सुनाए ।

तस्विर : मिलन मगर

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.