www.tandavnews.com
Fact ~ In search of truth

विजयपुर खोला:डाइभर्सन बगायो जिर्ण पूलबाटै सवारी वारपार

पोखरा,
ताण्डव न्यूज ।

 

पर्यटकीय शहर पोखरा प्रवेश गर्ने मुख्यसडकको विजयपुर खोलामाथीको जिर्ण पुल र अस्थायी डाइभर्सन बाढीले बगाएपछि चर्किएकै पुलबाट मालबाहक गाडी आवातजावत गरेको छ ।

खोलामाथिको पक्की पुल जिर्ण र ७ ठाउँमा चर्किएपछि अस्थायी रुपमा बनाइएको डाइभर्सनबाटै मालबाहक सवारी आउजाउ गरिरहेको थियो । भार बाहक सवारी आवातजावत गर्नका लागि बनाइएको डाईभर्सन पनि सोमबार राती आएको बाढीले बगाएपछि चर्किएकै पुलबाट मालबहाक सवारी गुड्न थालेको हो ।

Batas

विजयपुर खोलामाथी रहेको पुल जिर्ण भएसँगै १० टन भन्दा धेरै भार भएका सवारी आवागमन ४ महिनादेखि ठप्प रहेको थियो ।डाइभर्सन बाढीले बगाएपछि पोखरा भित्रने तथा पोखरा भएर बाहिर जाने मालबाहक सवारीहरु सोमबार विहान ५ बजेदेखि सडकमै लामलाएर बसेका थिए ।

गएराती ८ बजेपछि मालबाहक गाडी चर्किएकै पुलबाट एउटा एउटा गरि आवातजावत गर्ने व्यवस्था गरिएको सडक कार्यालयले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा काम गरिरहेका चिनिया ठेकेदार कम्पनीले नयाँ डाइभर्सन बनाइदिने जनाइएको छ । डाइभर्सन आज साँझ सम्म बनीसक्ने जनाइएको छ ।

दैनिक ६ हजार भन्दा धेरै सवारी आवात जावत गर्ने सो पुल गत वर्षको फागुनमा जिर्ण भएको पत्ता लागेको थियो । जिर्ण बनेको पुल नजिकै बेलीब्रीज पुल निर्माण हुने भएको छ । बेलीब्रीजको लागि विभिन्न सामाग्रीहरु पनि पोखरा आइसकेको छ ।

गएको वर्षको फागुन अन्तिम सातामा पूल जिर्ण भएको पत्ता लागेपछि १० टन भन्दा भारबाहन गर्ने सवारीलाई नदीमा ह्वीम पाइप हालेर डाइभर्सन बनाएर आवतजावत गर्ने ब्यवस्था मिलाइएको थियो ।नयाँ बन्ने बेलीब्रीज दुई लेनको र १०० टन भारक्षमता भएको ५० मिटर लामो हुनेछ । सडक कार्यालयले गत बैशाख २२ गते सगरमाथा जेजे जोइन्ट भेन्चर कम्पनीलाई २ करोड २० लाखमा ठेक्का सम्झौता गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.