www.tandavnews.com
Fact ~ In search of truth

‘विदेश जानुअघि आफ्नो भिजन र उद्देश्य बुझेर जानुपर्छ’

पोखरा
ताण्डव न्यूज ।

१) सुशी जापनीज भाषा केन्द्रले कस्तो किसिमको सेवा उपलब्ध गराउँदै आएको छ ?

हाम्रो अर्गनाइजेसनले जापान सम्बन्धि नै काम गर्दै आएको छ, जापनिज भाषा र सँस्कृतिको बारेमा बुझेर जापान जान चााहने विद्यार्थीहरुको लागि हामीले सेवाहरु उपलब्ध गराएका छौ ।

Batas

विद्यार्थी भिषामा वा कामको भिषामा जापान जान चाहने विद्यार्थीहरुलाई पनि हामीले परामर्श दिँदै आएका छौ । हाम्रो मुख्य उद्देश्य भनेको जापानिज भाषाको बारेमा बुझाउनु हो । किनकी कतिपय कुराहरु नेपालीहरुको बुझाई र वास्तविकतामा फरक छ, त्यसकारण हामीले जापानीज भाषा र सँस्कृतिलाई बढी फोकस गरेका छौ ।

२) तपाइको संस्थाले प्रदान गर्ने सेवामा जापान नै किन ?

मैले बिगत २००४ देखि लगभग २०१६ सम्म जापानमा विद्यार्थी जीवन बिताएको थिए । त्यस समयमा मैले जापानको बारेमा धेरै कुराहरु सिक्ने मौका पाए । पछिल्लो समय नेपालमा जापान भन्ने बिक्तिकै राम्रो रोजगारीको गन्तव्य भएकाले जापान पढ्न जानेको सख्या बढ्दो छ ।

नेपालीहरुको जापान प्रतिको श्रम बजार मात्र नभई हामीले जापानमा गएर केहि सक्न सक्छौ, पढ्न सक्छौ त्यो सिपलाई भोलि नेपालमा ल्याएररोजगारी बढाउन सकिन्छ भन्ने कन्सेप्टको लागि नै मैले जापानको गन्तव्य रोजेको हो । जापानसँग मेरो धेरै सम्बन्ध भएकाले हुनाले जापानलाई नै रोजेको हो ।

३)विद्यार्थीहरुका लागि कस्ता–कस्ता शैक्षिक प्याकेजहरु अफर गर्नु भएको छ, जसले गर्दा तपाइकै इन्स्टियुट खोजेर विद्यार्थीहरु आउँछन् ?

विद्यार्थीहरुको लागि हामीले दिने पहिलो सेवा भनकै जापानिज भाषा र त्यहाँको सँस्कृतिको सहि परामर्श हो । जापानको लागि पढ्न जानेविद्यार्थीहरुका लागि कुन युनिर्भसिटी सहि हुन्छ भन्ने कुराहरु नै महत्वपूर्ण हुन्छ ।

भाषाको महत्व के छ, भाषाको कठिनाईले त्यसबाट पाउने दुःख लगाायतका कुराहरुको बारेमा हामीले विद्यार्थीहरुलाई भाषा अन्र्तगत नै रहेर जानकारी दिँदै आएका छौ ।

४) तपाइको बुझाईमा नेपाली विद्यार्थीहरुका लागि जापान कत्तिको सुरक्षित स्थान हो ?

विश्वकै तुलनामा हिसाब गर्दा जापान निकै अनुशासित र सुरक्षित देश हो । मैले त्यसलाई शब्दमा वर्णन पनि गर्न सक्दिन । त्यसैले नेपाली विद्यार्थीहरुको लागि पनि अत्याधिक सुरक्षित देश हो ।

कुनै पनि नेपाली विद्यार्थीहरुले विदेश जानु भन्दा अगााडि आफ्नो भिजन र उद्देश्य बुझेर जानु भयो भने जापान जस्तो सुरक्षित देश मलाई अरु छ जस्तो लाग्दैन ।

५) सेवा लिएर बिदेश गइसकेका विद्यार्थीहरुको कस्तो पतिक्रिया पाउनु भएको छ ?

जापान पढ्न जाने विद्यार्थीहरुले जसरी सजिलै जापानलाई लिनु भएको छ, त्यहाँ पुगेपछि त्यसको ठिक उल्टो पाउनु हुन्छ । किनकी हाम्रो बुझाई प्रर्याप्त हुदैन, कुनै पनि देशमा विद्यार्थी भिषामा गइसकेपछि त्यहाँ गएर राम्रो सँग पढनु पर्छ भन्ने कन्सेप्टमा विदेश जाने विद्यार्थीहरु निकै न्युन छन् ।

मेरो अनुभवमा भन्नु पर्दा जापानमा नेपालीलाई गाह्रो छ, त्यसमा पनि एउटा निश्चित लेभलमा नपुगुन्जेल सम्म पनि धेरै गाह्रो छ । इमान्दारिका साथ भोलि त्यो निश्चित लेभलमा पुगियो भने जापान निकै सजिलो पनि छ । त्यसका लागि विद्यार्थीहरुले त्यहाँको वातावरण र संगतमा आफुलाई कसरी ढाल्छ भन्ने कुरामा भर पर्छ ।

६) जापान पढ्न जानु भएको विद्यार्थीहरु अहिलेको समयमा धेरै नेपाल फर्किनु परेको छ नि किन होला ?

जापानमा नेपालीहरुको यो ठुलो समस्या हो । त्यसमा अर्काे समस्या भनेकै नेपालीहरुको बुझाई हो । सबैको सोच भनेको छिटो कमाउनु हो । जसले गर्दा यस्तो समस्याहरु धेरै बढेको छ । कुनै पनि देशमा जादै हुनुहुन्छ भने त्यो देशको कानुनलाई हामीले मर्यादित भएर पालना गर्नुपर्छ ।

नेपालीहरुको केसमा कतिपय विद्यर्थीहरुले त्यहाँको नियमहरुलाई फलो नगरेको पनि पाइएको छ । अहिलेको कानुन अनुसार जापान सरकारले काम गर्नका लागि कुनै पनि विदेशी विद्यार्थीहरुलाई हप्ताको २८ घण्टा छुट्टाएको छ । तर नेपालबाट जादाँ हामीले आर्थिक भार बोकेर गएका हुन्छौ, जसले गर्दा विद्यार्थीले ओभर टाइम गर्नु बाध्य हुन्छन ।त्यसैले गर्दा नै नेपालीहरु फर्किनु पर्छ । जुन देश जति सुरक्षित हुन्छ त्यो देशको कानुन त्यतिनै कडा हुन्छ, त्यसकारण भिषामा समस्या पर्न गएको हो ।

७) जापान युनिभर्सिटीमा आवदेन दिन चाहने विद्यार्थीले कस्तो प्रक्रिया पुरा गर्नुपर्दछ ?

जापान युनिभर्सिटीमा आवदेन दिनका लागि पहिला जापानिज भाषा एनटु सम्म पास गरेकै हुनुपर्छ । त्यसमा पनि जापानिज कलेजहरुको आ–आफ्नो लेभलहरु छन । जसमा सरकारी युनिभर्सिटीमा पढ्न जान निकै गाह्रो छ, प्राइभेट युनिभर्सिटीमा पढ्नको लागि त्यो स्कुलको मापदण्ड अनुसारविद्यार्थीहरुले डेढ बर्ष देखि दुई बर्षसम्म भित्र जापानिज भाषा अध्ययन गरेर परिक्षा दिएको हुनुपर्छ ।

यी मापदण्ड पुरा भयो भने युनिभर्सिटी छिर्न समस्या हुदैन । त्यसमा नेपाली विद्यार्थीहरुले भाषालाई फोकस नगरेको हुनाले भोलि भाषा स्कुल सकिएपछि युुनिर्भिर्सटीमा छिर्नको लागि विद्यार्थीहरलाई किन पढिन भन्ने पंश्चाताप हुन्छ ।

८) सुशी होटल ट्रेनिङ सेन्टरले कस्तो सेवा दिँदै आएको छ ?

हामीले यस ट्रेनिङ सेन्टरबाट कुक, वेटर, वालटेन्डर हाउस किपिङ, लगायतका ट्रेनिङ दिँदै आएका छौ । साथै सुशी होटल ट्रेनिङ भएकाले हामीले स्पेशल सुशी फुडलाई नै बढी फोकस गरेका छौ ।

वैदेशिक रोजगारमा काम गर्न जानेहरुको लागि साथै जापानमा पढ्न र काम गर्ने भिषामा जाने सबै विद्यार्थीहरुको लागि हामीले सुशी स्पेशल कोर्ष समेत ल्याएका हौ । यसमा विभिन्न कोर्षहरु उपलब्ध छन् ।

९) अहिलेको प्रतिस्पर्धामा तपाईको सुशी होटल टे«निङ सेन्टर कस्तो तरिकाले सञ्चालन गर्ने सोचमा हुनुहुन्छ ?

अहिले पोखरामा पनि धेरै ट्रेनिङ सेन्टरहरुमा छन् । अरुको भन्दा केहि भिन्न गर्ने सोचमा नै हामी आएका छौ अरु ट्रेनिङ सेन्टरमा भन्दा हाम्रोमा धेरै फरक पाइन्छ, विद्यार्थीहरुलाई भाषासँगै तालिमको लागि पनि सहज भएको छ । साथै अबको हाम्रो नयाँ टार्गेट भनेको होटलको मात्र तालिम नभई एउटा डिप्लोमा लेभलको कक्षा चलाउने योजनामा छौ ।

त्यो कोर्षमा होटल सम्बन्धि १८ महिनाको कक्षा हुनेछ, जसमा विद्यार्थीहरुलाई इन्टनसिपको लागि थाइल्याड, सिंगापुर, मलेसिया, दुबै र चाइना हामीले हेरेका छौ, त्यसको लागि ६ महिना विद्यार्थीहरुले पढ्ने र १२ महिनाको इन्टनसिप गर्नुपर्नेछ ।

१०) तपाईको ट्रेनिङ सेन्टरमा सिक्न आउने विद्यार्थीहरुलाई रोजगारको व्यवस्था कस्तो छ ?

हाम्रोमा सिक्नु आउने सबै विद्यार्थीहरुलाई आफ्नो होटलमा लगेर ट्रेनिङ दिन्छौ । हामीले यहि भदौ बाट पृथ्वीचोकमा नै सुशी होटल सञ्चालनमा ल्याउँदै छौ । होटल सबै तयार छ, ओपनिङको तयारी मात्र गर्न बाँकि छ ।

हामीले हाम्रो ट्रेनिङ सेन्टरमा आउने विद्यार्थीहरुलाई राम्रो सँग सिकाउने वातावरणको व्यवस्था गरेका छौ । लगभग ४ सय ५ सय होटलहरुसँग हाम्रो राम्रो समन्वयन पनि छ । जसले गर्दा हाम्रो ट्रेनिङ सेन्टरमा सिक्न आउने विद्यार्थीहरुलाई रोजगारको समेत राम्रो व्यवस्था गरिएको छ ।

प्रस्तुती : बिनिता सुनार/ताण्डव न्यूज

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.