www.tandavnews.com
Fact ~ In search of truth

विद्यालयले सञ्चालन गरेको महोत्सवबाट डेढ करोड सङ्कलन

बागलुङ ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ स्थित रेश नुन्थला माध्यमिक विद्यालयले सञ्चालन गरेको शैक्षिक महोत्सवमा एक करोड ७२ लाख रकम सङ्कलन गरिएको छ ।

विद्यालयको शैक्षिक उन्नयनका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले गत वैशाख ३१ देखि जेठ ४ गतेसम्म सञ्चालन गरिएको शैक्षिक महोत्सवमा नगद र निःशुल्क प्राप्त भएको जग्गाको मूल्यसमेत जोड्दा एक करोड ७२ लाख सङ्कलन भएको विद्यालयले जनाएको छ ।

Batas

विद्यालयले कक्षा ११ र १२ मा सिटिभिटीबाट सम्बन्धन प्राप्त अमिन, कृषि तथा भेटेनरी र पूर्णप्रविधि मैत्री विद्यालय बनाउनका लागि शैक्षिक महोत्सवको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले बताए । “विद्यालयमा हाल ११ र १२ मा शिक्षा सङ्काय मात्र सञ्चालनमा छ, यसै वर्षदेखि व्यवस्थापन सङ्कायसमेत थप्नेछौँ”, प्रध्यापक थापाले भने, “विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरका लागि शैक्षिक महोत्सव कोसेढुङ्गा सावित हुनेछ ।”

शैक्षिक सुधारको योजाना ल्याएपछि विद्यालयको शैक्षिक गुणस्तरमा क्रमश सुधार आएको काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले बताए । सो विद्यालयमा ४३७ विद्यार्थी अध्ययनरत् रहेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.