www.tandavnews.com
Fact ~ In search of truth

विन्ध्यवासिनीका विद्यार्थीद्धारा प्राथमिक उपचारका लागि कोष सङ्कलन

पोखरा ।

विश्व रेडक्रस दिवसको उपलक्ष्यमा पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयका विद्यार्थीले सचेतनासहित प्राथमिक उपचारका लागि कोष सङ्कलन गरेका छन् ।

रेडक्रसका जन्मदाता हेनरी ड्युनाको तस्बिरमा माल्यार्पण गरी शुरु गरिएको कार्यक्रममा १८ हजार ५ सय ६५ कोष सङ्कलन भएको अतिरिक्त क्रियाकलाप विभागका प्रमुख महेन्द्रमणि पौडेलले जानकारी दिए ।

Batas

सङ्कलित रकममध्ये १५ हजार ५०० कोषमा जम्मा गरिएको र बाँकी रकम भइपरी आउने प्राथामिक उपचारका लागि औषधि खरीद गर्ने बताइएको छ । युवा रेडक्रस सर्कलको सक्रियतामा भएको कार्यक्रममा १५ जना विद्यार्थीले विभिन्न समूह बनाएर पोखराको महत्वपूर्ण पर्यटकीय क्षेत्र बाटुलेचौर आसपासमा रकम सङ्कलन गरेका थिए ।

रेडक्रस दिवसको अवसरमा आज बिहानैदेखि पोखराका चोकचोकमा सामुदायिक एवं संस्थागत विद्यालयका विद्यार्थी समूह समूहमा पैदलयात्रीलाई रेडक्रसको महत्वमाथि प्रकाश पार्दै आर्थिक सङ्कलन गरेका थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.