www.tandavnews.com
Fact ~ In search of truth

विप्लवका जिल्ला सेक्रेटरी जेलबाटै नेकपामा प्रवेश

इलाम ।

नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । उनले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गरेका छन् ।

उनलाई गत चैत २० गते झापाको विर्तामोडबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई हाल इलामस्थित कारागारमा पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालत इलामले उनलाई एक लाख ५५ हजार धरौटी माग गरेको थियो ।

राईले विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको नीतिप्रति असहमति जनाउँदै उक्त पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.