www.tandavnews.com
Fact ~ In search of truth

विप्लवका ‘सार्प सुटर’सुलभ लामा हतियारसहित पक्राउ

काठमाडौं ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ‘सार्प सुटर’ मुनाल भनिने सुलभ लामा हातहतियार सहित पक्राउ परेका छन् ।

लामालाई विशेष सुचनाको आधारमा हिजो काठमाडौंको नागढुंगास्थित चेक प्वाईन्टबाट प्रहरीले पक्राउ गरेको हो ।धादिङबाट काठमाडौं जादैँ गरेको बा २ ख १९८० नम्बरको बस जाँच गर्दा बसमा रहेका लामालाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो ।

Batas

विप्लव नेकपाले बनाएको विशेष कारबाही दस्ता ९स्पेसल टास्क फोर्स० का सदस्य सुलभका साथबाट दुई थान अटोमेटिक पेस्तोल र २० राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।

कुनै व्यक्तिलाई कारबाहीका लागि परिचालित हुने सुलभका विषयमा प्रहरीको विशेष ब्युरो र काठमाडौं प्रहरीले अन्सन्धान गरिरहेको छ। उनका साथबाट विशेष कारबाहीमा आवश्यक सम्पूर्ण बन्दोबस्तीका सामग्री समेत बरामद भएको प्रहरीले जनाएको छ।

उनी ललितपुर कोन्ज्योसम गाउँपालिका २ का बासिन्दा हुन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.