www.tandavnews.com
Fact ~ In search of truth

विप्लवको बन्दःपोखरामा सार्वजनिक सवारीसाधन ठप्पै

पोखरा,
ताण्डव न्यूज ।

नेत्रविक्रम चन्द नेतृत्व निकट नेकपाले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव पोखरामा पनि सामान्य परेको छ ।

बन्दको कारण लामो तथा छोटो दुरीका सार्वजनिक सवारीसाधन चल्न सकेको छैनन् । सार्वजनिक सवारी साधन नचल्दा निजी सवारी साधनको पहुच नभएका सर्वसाधरण मर्कामा परेका छन् । बिहानै देखि सार्वजनिक सवारी साधन ठप्प बन्दा सर्वसाधरण हिडेरै गन्त्व्य पुग्न बाध्य भएका छन् ।

Batas

बन्दका कारण बिहानी सत्रमा सञ्चालन हुने क्यापसमा पठनपाठन ठप्प बनेको छ । बिहानैदेखि व्यस्त रहने पोखराका सडक आज भने सुनसान जस्तै बनेको छ । एम्बुलेन्स, दुधको गाडी, पानीको गाडी, निजी सवारी भने निर्वाध चलिरहेको छ ।

बन्दका बेला हुन सक्ने अप्रिय घटनाबाट सुरक्षा दिनका लागी बिहानै देखि पोखरा मुख्यचोकहरु र गल्लीहरुमा शसस्त्र प्रहरी तैनाथ रहेका छन् । मुख्य चोकहरुमा सुरक्षाको लागि प्रहरी तैनाथ रहेकाले ढुक्क भएर हिड्न जिल्ला प्रहरी कार्यालय कास्कीले आग्रह गरेको छ ।

यद्यपी बन्दको एक दिन अगावै हिजो साँझ झण्डै ६ः१५ तिर पोखरा महानगरपालिका वडा नम्बर ४ सिदार्थ चोक स्थित फेवा एग्रिकल्चर प्रालि तरकारी मण्डिमा शंकास्पद वस्तु फेला परेको थियो ।
यद्यपि उक्त शंकास्पद वस्तु बम नभएको प्रहरीले पुष्टि गरेको थियो ।

प्रहरीले विप्लव माओवादीका सर्लाही जिल्ला इनचार्ज कुमार पौडेललाई गोली हानी मारेपछि विप्लव माओवादीले आन्दोलन स्वरुप आज बन्दको आह्वान गरेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.