www.tandavnews.com
Fact ~ In search of truth

विवाद समाधानका लागी मेलमिलाप केन्द्र

पोखरा ।

मेलमिलाप मार्फत विवाद समाधान गर्ने उद्देश्यले पोखरा महानगरको न्यायिक समितिले मेलमिलाप केन्द्रमा स्थापना गर्ने कामलाई तिव्रता दिएको छ । न्यायिक समितिले पोखरा महानगरका आठ वटा वडामा मेलमिलापक केन्द्र स्थापना गरिसकेको छ ।

समितिले केन्द्र स्थापना गर्ने क्रममा आइतबार पोखरा महानगरपालिका वडा नम्वर २९ मा स्थापना गरिएको छ । केन्द्रको पोखरा महानगरपालिकाका उप्रपमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले उद्घाटन गरिन् ।

मेलमिलाप केन्द्रको उद्घाटनपछि बोल्दै न्यायिक समिति संयोजक गुरुङले मेलमिलापले टोल,छिमेक र समाजमा सद्भाव कायम गर्दै समतामुलक समाज निर्माणमा भुमिका खेल्ने बताइन् । उनले मेलमिलापमार्फत विवाद समाधान गर्दा वडामा शान्ति स्थापना हुने बताइन् ।

वडाका तह विवाद वडामै समाधान गदै अदालतको झन्झटिलो प्रक्रियाको अन्त्य गदै सहज र सरल रुपमा विवादको निरुपण गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको बताइन् ।

न्यायिक समितिका सदस्य पार्वती कार्कीले विवादलाई वडा तहबाटै समाधान गर्ने उद्देश्यले संविधानले न्यायिक समितिको ब्यवस्था अनुसार केन्द्र स्थापना गरेको जानकारी दिदै मेलमिलापकर्ताको सुचिकृत, मेलमिलापकर्ताको भुमिका लगायतका बारेमा स्पष्ट पारेकी थिइन् ।

मेलमिलापकर्ता शिवमणी भटराई र नेपाली काँग्रेसका प्रतिनिधि दिपकमणी भण्डारीले बोलेका थिए ।

वडा नम्वर २९ का अध्यक्ष चेतबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा न्यायिक समितिका उजुरी प्रशासक राममणी अधिकारीले कार्यक्रम संचालन गरेका थिए । वडा नम्वर २९ मा ३ जना मेलमिलापकर्ता रहेका छन् ।

कार्यक्रममा मेलमिलापकर्तालाई परिचयपत्र, डायरी र कलम न्यायिक समितिका तर्फबाट संयोजक मञ्जुदेवी गुरुङले हस्तान्तरण गरिन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.