www.tandavnews.com
Fact ~ In search of truth

विश्व तरंगित बनाइरहेको एउटा तस्विर

ताण्डव न्यूज । एजेन्सी  

बाबुछोरी नदी किनारमा डुबेको एउटा फोटो अहिले विश्वभर भाइरल भइरहेको छ। प्रतिष्ठित मिडियादेखि सामाजिक सञ्जालसम्म यो फोटोबारे चर्चा र बहस चलिरहेको छ।

त्यो फोटो अमेरिका प्रवेश गर्न खोज्ने एल साल्भाडोरका बाबुछोरी नदीमा डुबेर मृत अवस्थामा भेटिएको हो। अमेरिका–मेक्सिको सीमाको नदीमा मृत भेटिएका बुवाछोरीको तस्विरले सबैको मन छियाछिया बनाउँछ, आप्रवासीको कथा उजागर गर्छ।

Batas

मेक्सिको–अमेरिका सीमास्थित रियो ग्रान्डे नदीमा डुबेको अवस्थामा दुवैको शव भेटिएको हो। नदी तर्न खोज्दा बगेर उनीहरुको मृत्यु भएको अनुमान छ। पत्रकार जुलियाले खिचेको सो तस्विरले विश्व आप्रवासी बहसमा नयाँ तरंग पैदा गराइदिएको छ।

तस्बिरमा छोरी अझै आफ्नो पिताको ढाडमै छिन्। २३ महिनाकी उनी आफ्ना बुवाको टिर्सटभित्र टाउको छिराएको अवस्थामा देखिन्छन्। उनले एउटा हातले पिताको घाँटीमा समातेकी छिन्।

न्युयोक टाइम्सका अनुसार मृत्यु हुने पिता एल साल्भाडोरमा २५ वर्षे मार्टिनेज र उनकी २३ महिनाकी छोरी भलरिया हुन्। तस्विरले आप्रवासीको अमेरिका यात्राको कति दर्दनाक छ भन्ने देखाएको छ। साल्भाडोरको परिवार आमा तानिया भनिसासहित गत हप्ता मेक्सिकोको सीमा नजिकको सहर आइपुगेको थियो।

सन् २०२० मा अमेरिकामा निर्वाचन हुँदैछ। निर्वाचन नजिक आएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी नीतिमा कडाइँ गरिरहेका छन्। गत महिना अमेरिकाले गैरकानुनी आप्रवासी रोक्न मेक्सिोकोलाई चेतावनी दिएको थियो। केहीलाई विमान चार्टड गरेर आ–आफ्नो घर फर्काइरहेका छन्।

mexico migrant1

आर्थिक प्रतिबन्धको त्रासका कारण मेक्सिकोले पनि आप्रवासी रोक्न प्रयास गरिरहेको छ। दुवै देशको कडाइँका कारण अमेरिका जान खोज्ने विभिन्न देशका गैरकानुनी आप्रवासी अप्ठ्यारोमा परेका छन्।
अमेरिकामा आतंकवाद घटाउने हो भने मेक्सिको सीमामा थप पर्खाल लगाउनुपर्ने राष्ट्रपति ट्रम्पको भनाइ छ।

विश्वकै ध्यानाकर्षण गर्ने दुःखद घटनाले एस साल्भाडोर समेत ठूलो चर्चा पाएको छ। विदेशमन्त्री अलेक्सजेन्ड्रा हिलले आफ्नो ज्यान जोखिममा पारेर अमेरिकाको सपना नदेख्न सार्वजनिक अपिल गरेका छन्।

‘यतिबेला हाम्रो देश शोकमा डुबेको छ। परिवार तथा अभिभावकलाई म बिन्ती गर्छु आफ्नो ज्यान जोखिममा नपार्नुहोस्। जीवन सबैभन्दा मूल्यवान छ’, उनले देशबासीलाई सम्बोधन गर्दै भनेका छन्।

अमेरिका जाने क्रममा मृत्यु भएका पिता र छोरीको परिवारलाई सरकारले क्षतिपूर्ति दिने राष्ट्रपति बुकिलीले घोषणा गरेका छन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.