www.tandavnews.com
Fact ~ In search of truth

विश्व फोटोग्राफी दिवसका अवसरमा पोखरामा प्रभातफेरी

पोखरा ।

एकसय असीऔँ विश्व फोटोग्राफी दिवसका अवसरमा पोखरामा आज प्रभातफेरी गरिएको छ ।

फोटोग्राफर सङ्घ गण्डकी प्रदेशद्वारा आयोजित प्रभातफेरी पोखराको मानव अधिकार चोकबाट शुरु भई चिप्लेढुङ्गा महेन्द्रपुल हुदै पुनः मानव अधिकार चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

उक्त क्रममा देशव्यापी साइकल भ्रमणमा निस्कनुभएका खोटाङका युवा कर्ण श्रेष्ठलाई सम्मान गरियो । पर्यटन प्रर्वद्धन गर्दै भ्रष्टाचारमुक्त देश बनाउनका लागि देश दौडाहामा निस्केका साइकलयात्रीलाई सम्मान गर्न पाउनु आफूहरूका लागि गौरवको विषय भएको फोटोग्राफर सङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष दुर्गाप्रसाद पौडेलले बताए ।

सम्मानित व्यक्तित्व श्रेष्ठले देशलाई भ्रष्टाचारमुक्त बनाउन सचेतना अभिवृद्धिका साथै विभिन्न पर्यटकीय क्षेत्रको प्रर्वद्धन गर्ने उद्देश्यका साथ आफू साइकलबाट नेपाल भ्रमणमा निस्केको बताए ।कार्यक्रममा फोटो पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष राम गुरुङ, पोखरा उद्योेग वाणिज्य सङ्घ सदस्य रामेश्वर अधिकारी, फोटोग्राफर सङ्घ गण्डकीका महासचिव तुलसीराम सुवेदी लगायतले फोटोग्राफी दिवसको महत्वबारे प्रकाश पारे । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.