www.tandavnews.com
Fact ~ In search of truth

विष खुवाएर जनताको स्वास्थ्यमा खेलबाडः काँग्रेस सचेतक भुषाल

पोखरा ।

विषादी परीक्षणको निर्णयबाट पछि हट्नुको कारणबारे ससंदमा स्पष्ट जानकारी दिन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले माग गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै काँग्रेस सचेतक पुष्पा भुषालले सरकारले आफ्ना नागरिकलाई विष खुवाएको आरोप लगाए । सरकारले जनतालाई सुस्त गतिमा विष खुवाएर स्वास्थ्यमा खेलबाड गरेको आरोप लगाए ।

विषादी परीक्षण गर्ने प्रयोगशाला नभएको बहानामा सरकारले जनताको अधिकार हनन गरेको बताए । मेसिनको बहानामा सरकार पन्छिन खोजेको भन्दै संवेदशील विषयमा सरकार गम्भीर बन्न नसकेको बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.