www.tandavnews.com
Fact ~ In search of truth

‘व्यवसायमा लहड होइन लगाव चाहिन्छ’

पाेखरा
ताण्डव न्यूज ।

उमेरले म १३ वर्षको थिएँ । बुवाको व्यवसाय थियो । व्यवसायसँग सम्बन्धित रहेर विभिन्न कार्यक्रमहरु भइराख्थे ।

त्यस्तै एक कार्यक्रम व्यवसायीहरुसँग विभिन्न देशका राजदूतहरुसँग थियो । म बुवासँगै थिएँ । मलाई त्यस कार्यक्रममा प्रवेश दिइएन । अनुरोध गरें, अहँ कुनै हालतमा प्रवेश पाइनँ । भित्र हलमा कार्यक्रम चलिरहेको थियो ।

Batas

के विषयमा कुरा भइरहेको होला ? म बाहिर बसेर सोचिरहेथें ।

मलाई प्रवेश गर्न नदिइएको घटनाले म मा उर्जा जाग्यो । अठोट गरें, म पनि विजेनस गर्छु । स्ट्याब्लिस्ड विजनेस मेन बन्छु ।

अमेरिकी लेखक रोबर्ट कोलियरले पनि भनेका छन् ‘सफलता स–सानो प्रयासहरुको पूर्ण रुप हो ।’ उमेरले सानो भएपनि म स– सानो प्रयासहरु गर्छु भनेर लागिपरें । यता अध्ययन पनि सँगै गइरहेको थियो । विजनेस बारे पनि बिस्तारै बुझ्दै थिए ।

१६ वर्ष पुगेसँगै म प्रत्यक्ष रुपमा विजनेसमा आबद्ध भएँ र अझ धेरै कुराहरु बुझे । विजेनस गरिरहँदा चुनौतिहरु धेरै छन् । जस्तोसुकै चुनौतिहरुलाई पनि आत्मसात् गर्दै अघि बढ्नुपर्छ । पाइला अघि बढाइसकेपछि गन्तव्यमा नपुगी हार मान्ने कुरा सोच्नु पनि हुँदैन ।

म तीन कुरामा फोकस गर्छु । हाड वर्क, डेडिकेसन र प्यासेन्स । यी कुराहरु लागु गर्दागर्दै पनि कहिलेकाहीँ भनेजस्तो रिजल्ट नआउन सक्छ । तर, आत्तिनु भने हुँदैन । रिजल्ट सोचेको भन्दा राम्रो आयो भने मात्तिनु पनि हुँदैन ।

अहिले २० वर्ष भएँ । अंशुवरा गु्रपको म्यानेजिङ डिरेक्टर भएर काम गरिरहेको छु । यस ग्रुप अन्तर्गत रहेर विभिन्न व्यवसाय सञ्चालनमा छन् । अटो मोबाइल्स् सेक्टरमा प्यूजो र फोर्ड गाडीको शोरुम सञ्चालनमा छ ।

नेपालकै ठूलो व्यवसायिक भवन पोखरा ट्रेड मल, आवासको क्षेत्रमा अन्नपूर्ण रेसिडेन्सी र वित्तिय संस्था अन्तर्गत गण्डकी विकास बैंकमा हामीले लगानी गरेका छौं । रोयल हिमालय रिसोर्टले अब छिट्टै पर्यटन क्षेत्रमा पनि हाम्रो व्यवसायिक आबद्धता गराउनेछ ।

अध्ययन र बिजनेस

बीबीएमा अध्ययन गर्दै छु । कोर्सको बुक मात्रै पनि पढ्दिनँ । बिजनेस रिलेटेड बुकहरु अध्ययन गरेको छु । विटर थिइलको जिरो टू वन, बेन्जामिन ग्राहमको द इन्टेलिजेन्ट इनभेस्टर लगायतका बुकहरुले मेरो विजनेस नलेजलाई बढाउने काम गरेको छ ।

मलाई सधैं के लाग्दैन भने , विजनेस अध्ययन सकेर मात्रै गर्नुपर्छ । इट्स नट अन्ली अबाउट बुकिस एजुकेसन, इट्स अबाउट एक्सपेरियन्स टू । एक्सपेरियन्सबाटै धेरै नलेज आर्जन गर्न सकिन्छ । तर कोर्स बुक पढ्नै पर्दैन भन्न खोजेको हैन । अध्ययन जिवनको लागि अतिआवश्यक छ ।

व्यवसाय भनेको लहडै लहडमा लागेर सफल हुने कुरा होइन । यसमा लगाव आवश्यक छ ।

जे होस् अहिलेसम्म विजनेस र स्टडीलाई सँगै अघि बढाइरहेको छु । टाइम म्यानेज भइरहेकै छ ।

योजना

पोखरा पर्यटकीय क्षेत्र हो । यस क्षेत्रमा लगानिको योजना पनि तयार भइरहेको छ । २०१७को तथ्यांक हेर्ने हो भने नेपाल भन्दा सानो मुलुक सिंगापुरको १७ मिलियन बढी पर्यटक भित्र्याएको छ । ल्याण्ड लक्ड कन्ट्री भएपनि हाम्रा छिमेकी मुलुकहरुको ठूलो एरिया, जनसंख्या र अर्थतन्त्र छ । दुई देशबाट केहि प्रतिशत मात्रै पर्यटक भित्र्याउन सकियो भने पनि देशको अर्थतन्त्र कायापलट हुन सक्छ ।

यस्तै, पोखरालाई वाटर स्पोर्टस हबको रुपमा पनि विकास गर्न सकिन्छ भन्ने लाग्छ । यस क्षेत्रमा रहेका विभिन्न ताल लगायत जलाधार क्षेत्रहरुमा विभिन्न स्पोर्टसहरुलाई व्यवसायीक रुपमा सञ्चालन गर्न सक्ने हो भने पर्यटकहरुको संख्या बढ्नेमा दुई मत रहँदैन ।

देशका म जस्तै युवाहरु बारे चिन्तीत छु । यसबारे पनि केही योजना छन् । देशमै युवाहरुको रोजगारी कसरी सुनिश्चित गर्न सकिन्छ भन्नेबारे अध्ययन गरिरहेको छु । कुन व्यवसाय गर्दा बढीभन्दा बढी युवाहरुलाई रोजगारी प्रदान गर्न सकिन्छ ? यसबारे बुझ्दै छु । र, पोखरा पर्यटकीय क्षेत्र हो । यस क्षेत्रमा लगानीको योजना पनि तयार भइरहेको छ ।

भविष्यबारे महात्मा गान्धीको प्रख्यात भनाइ छ । ‘द फ्युचर डिपेन्डस् अन ह्वाट यु डु टुडे’ । अर्थात् ‘भविष्य, आजको कर्ममा भर पर्छ ।’ त्यही अनुसार आजका दिनमा लागिरहेको छु ।

(कुराकानीमा आधारित)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.