www.tandavnews.com
Fact ~ In search of truth

शनिबार फुड फेस्ट हुने

पोखरा । 

पोखरा छिनेडाँडामा रहेको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले शनिबार भोली फुड फेस्टिवल गर्ने भएको छ ।

कलेजमा अध्ययनरत बि.एच.एम १७ औं व्याचका विद्यार्थीहरुले यो फुड फेस्टिवलको संयोजन गरेको कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले बताए । शनिबार दिनभर हुने यो फेस्टिवलमा विद्यार्थीले बनाएका विभिन्न प्रकारका परिकारको स्वाद लिन सकिने बताईएको छ ।

कलेज परिसर छिनेडाँडामा हुने यो फुड फेस्टीवलको साथमा राष्ट्रीय कलाकार तृष्णा गुरुङको सांगितिक प्रस्तुति रहनेछ भने पोखराका स्थानिय व्याण्ड र विद्यार्थीहरुको समेत सांगितिक प्रस्तुति रहने कार्यक्रम संयोजक तथा बि.एच.एम. १७ आँै व्याचका अध्यक्ष तरुण पुनले बताए । यो फुड फेस्टमा लाखे नाच, तिबेतियन नाँच र विभिन्न संस्कृति झल्कने नाँचहरु समेत समावेश भएको आयोजकले बताएका हुन् ।

कार्यक्रमलाई सफल पार्न नेपाल टुरिजम बोर्ड, कंगारु एजुकेशन फाउन्डेशन पोखरा,रारा तयारी चाउचाउ, होटल क्राउन हिमालय लेकसाइड, भक्सवागन कार,यामाहा मोटरसाइकल,कान्तिपुर होटल तालिम केन्द्र ,सफल मिडिया हाउस नयाबजार लगायतले सहयोग गरेको आयोजकले बताएका छन ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.