www.tandavnews.com
Fact ~ In search of truth

शिक्षामा २५ प्रतिशत बजेटको माग

काठमाण्डौँ ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले शिक्षा क्षेत्रमा २५ प्रतिशत बजेट छुट्याउन माग गरेका छन् ।

अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मी आचार्य र क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङको नेतृत्वमा गएको टोलीले आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कँडेललाई उनकै कार्यकक्षमा ध्यानाकर्षण पत्र बुझाउँदै आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रमा २५ प्रतिशत बजेट छुट्याउन माग गरेका हुन् ।

Batas

ध्यानाकर्षण पत्रमा संविधानले कक्षा १२ सम्मको शिक्षा निःशुल्क र कक्षा ८ सम्मको शिक्षा अनिवार्य भनेर उल्लेख गरेकोले त्यो कार्यन्वयनका लागि बजेट बढाउन आवश्यक रहेको उल्लेख गरिएको छ ।संवैधानिक प्रावधान कार्यान्वयन गर्न शिक्षामा २५ प्रतिशत बजेट छुट्याउन माग गरिएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

ध्यानाकर्षण पत्र बुझ्दै आयोगका उपाध्यक्ष कँडेलले विद्यार्थी सङ्गठनको मागलाई सकारात्मक रुपमा लिएको भन्दै शिक्षामा बजेट प्रतिशत नबढेपनि रकम बढेको जानकारी गराए । उनले साधन स्रोतले पुगेसम्म बजेट बढाउन सक्दो प्रयास गर्ने समेत बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.