www.tandavnews.com
Fact ~ In search of truth

शिक्षालाई सरकारले अछुत बनाएको आरोप

काठमाडौँ ।

कर्मचारी समायोजनको कुरा उठाइरहेका बेला सरकारले समायोजनका क्रममा विशेष दक्षताबिना नै प्रक्रिया अघि बढाइरहेको कर्मचारीले आरोप लगाएका छन् ।

कर्मचारीको प्रतिनिधित्व गर्दै शिक्षा सेवाका उपसचिव ईश्वरीप्रसाद पोखरेलले अन्य विधाभन्दा शिक्षालाई सरकारले अछुत बनाइरहेको आरोप लगाए । आज काठमाण्डौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसचिव पोखरेलले शिक्षा क्षेत्रमा कुनै दक्षता नै नभएका व्यक्तिले शिक्षा अध्यादेश बनाइरहेको जिकिर गरे ।

स्थानीय तह र प्रदेशलाई एकै ठाउँमा राखेर समायोजन गर्न सरकारले प्रयत्न गर्नुपर्ने उनको ठहर छ । कर्मचारीले कर्मचारीको पेशागत आचरण तथा नैतिकताको विषय सिकाउने र पढाउने तहका नेतृत्वकारी पदाधिकारी अध्यादेशबमोजिम कर्मचारी समायोजनमा सहभागी हुनु नपर्नुको कारण, नागरिक कर्तव्य, सिर्जनशील र जिम्मेवारी बोधको उत्कृष्ट उदाहरण के हो भन्ने लगायतका आठबुँदे जिज्ञासा समेत प्रस्तुत गरेका छन् । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.