www.tandavnews.com
Fact ~ In search of truth

शिक्षा नीति परिवर्तन नभए विकास सम्भव छैन ः मुख्यमन्त्री गुरुङ

ताण्डव न्यूज, पोखरा ः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अहिलेको शिक्षा नीति परिवर्तन नगरी विकास नहुने बताएका छन् । गण्डकी प्रदेश स्तरिय आवधिक योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठीको उत्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘हाम्रो अहिलेको एजुकेशन सिस्टम छ नी यसमा चाहीँ मेरो एउटा आरोप जहिले पनि,’ उनले भने, ‘हुन त म पनि यहि यूनिभर्सिटीको प्रडक्ट हुँ । म जहाँ छु यहि यूनिभर्सिटीको कारणले पनि छु । हाम्रो ब्यवहारहरु बदलिएर, आवश्कताह बदलिए तर, यो सब बललिएपछि हाम्रो शिक्षा निति पनि बदल्नुपर्छ । सिंगो शिक्षा निति के होला त्यो माथी (केन्द्र सरकार) कै कुरा होला त्यसमा हाम्रो सहयोगी भूमिका मात्र हुने होला ।’

उनले प्रदेश र देश समृद्ध बन्नका लागि प्रदेशकै क्षेत्र भित्र रहने गरी प्रदेश महाविद्यालय, विश्व विद्यालय बनाउनुपर्नेमा जोड दिए । ‘हाम्रो प्रदेशमा अहिले भएको शिक्षा नितिलाई सिफ्ट गरेर रोजगार मुलक शिक्षामा लैजानुपर्ने बेला आएको छ,’ उनले भने, ‘त्यसैले हामीले प्रदेशकै क्षेत्र भित्र रहनेगरी महाविद्यालय, प्राविधिक विश्व विद्यालय खोलौँ भनेका छौँ । जहाँ हामीलाइ आवश्यक जनशक्ति उत्पादन गरोस र मानविय संसाधन पूर्ति गरोस् ।’

गण्डकी प्रदेशमा बहुआयामिक गरिबीको संख्या जम्मा १४ प्रतिशत रहेको भन्दै उनले यो विकासको ठुलो चुनौती नरहेको समेत बताए । ‘हाम्रो मुख्य ओर्किङ फोर्स नै देश बाहिर छ,’ उनले भने, ‘यो नरोकी यहाँको र देशकै समृद्धि सम्भव छैन । यहाँका जमिनलाइ खण्डिकरण गरेर चक्लाबन्दी, लिजमा लिएर के गरेर हुन्छ ृउत्पादनमा जोड दिनु पर्छ ।’

Batas

उनले पर्यटनको विषयमा आफुहरुले धेरै गफ लगाएको बताउँदै त्यसलाइ सार्थकता दिने बेला आइसकेको समेत बताए । ‘पर्यटनको हामीले धेरै गफ दिइरहेका छौँ । हाम्रो अन्तिम लक्ष्य भनेको यो प्रदेशको जनसंख्या २५ लाख छ त्यति नै सख्यामा पर्यटन भित्र्याउनु हो । त्यसका लागि संरचना निर्माण देखि विभिन्न कामहरु हामीले गर्नुपर्नेछ’ उनले भने ।

उनले यस प्रदेशमा जलविद्युत, हावा वाट निस्कने विद्युत र सौर्य उर्जाको अत्यधिक सम्भावना रहेको भन्दै त्यसमा लगानी गर्न निजि क्षेत्रहरुलाइ आग्रह समेत गरे । बुधबार र बिहीबार चल्ने उक्त छलफल कार्यक्रममा गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्माले यस प्रदेशको विकासका सूचकहरुको अबस्था र आवधिक योजनाले संवोधन गनुपर्ने विषयमा, प्रादेशिक योजना निर्माणको पक्षहरुको विषयमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पिताम्बर शर्माले, पर्यटन र उद्योग क्षेत्रका रणनीति र कार्यनीतिको विषयमा नेपाल सरकारका पूर्व सचिब सुरेशमान श्रेष्ठले, कृषि बन र वातावरणको क्षेत्रमा प्राध्यापक डा. नवराज देवकोटा, आर्थिक नीतिको बारेमा पूर्व अर्थ सचिब डा. शान्तराज सुबेदीले, पूर्वाधार क्षेत्रका रणनीति र कार्यनीतिको बारेमा डा चन्द्र बहादुर श्रेष्ठले, सामाजिक विकासको क्षेत्रमा गण्डकी प्रदेशका प्रमुख सचिब लक्ष्मी राम पौडेलले कार्यपत्र पेश गर्नेछन । उक्त कार्यक्रमले गण्डकी प्रदेशले १५ वर्ष भित्र केके काम गर्ने, कुनु क्षेत्रमा कस्ले के लगानी गर्ने लगायतका विषय बस्तुहरु समेटिने बताइएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.