www.tandavnews.com
Fact ~ In search of truth

उपसभामुखमा तुम्बाहाम्फे निर्वाचित

काठमाडौँ(रासस)

प्रतिनिधिसभाका उपसभामुखमा नेकपा (एमाले) का शिवमाया तुम्बाहाम्फे अत्यधिक मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

प्रतिनिधिसभा आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचनमा उहाँले २०१ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिष्पर्धी नेपाली काँग्रेसकी पुष्पा भुसाल (गौतम)को पक्षमा ५८ मत परेको थियो । निर्वाचनमा २५९ सासदले भाग लिनुभएको थियो ।

Batas

बैठकमा सभामुख कृष्णबहादुर महराले तुम्बाहाम्फेको पक्षमा परेको मत प्रतिनिधिसभामा उपस्थित संख्याको बहुमत भएकाले उहाँ निर्वाचित भएको जानकारी दिँदै सफल कार्यकालका लागि बधाई ज्ञापन गर्नुभयो ।

यसअघि नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङले तुम्बाहाम्फेलाई तथा नेपाली काँग्रेसका डिला संग्रौला (पन्त) ले भुसाललाई उपसभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव गर्नुभएको थियो । उपसभामुख तुम्बाहाम्फे कानुन व्यवसायीका साथै वाम आन्दोलनमा योगदान पु¥याएको व्यक्तित्व हुनुहुन्छ ।

यसअघि भएको मतदानमा भुसालका प्रस्तावका पक्षमा ६१ र विपक्षमा २०१ मत परेको थियो । मतदानमा २६२ सांसदको सहभागिता थियो । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १२ गते अपराह्न १ बजे बस्नेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.