www.tandavnews.com
Fact ~ In search of truth

शुक्रबार थर्ड आइ एजुकेशन सेन्टरमा आइएलटिस इन्र्फमेशन सेमिनार हुने

पोखरा,
ताण्डव न्यूज ।

थर्ड आइ एजुकेशन सेन्टरको आयोजनामा आइएलटिस इन्र्फमेशन सेमिनार हुने भएको छ ।

शुक्रबार (भोलि) हुने १ दिने सेमिनार थर्ड आइ एजुकेशन बिल्डिङमा नै संचालन हुनेछ ।आइएलटिस पढि बिद्यार्थी भिसामा बाहिर पढ्न जाने बिद्यार्थीहरुलाई आइएलटिसको बाारेमा जानकारी दिने उद्देश्यले यस सेमिनारको आयोजना गरिएको हो ।

Batas

सेमिनारमा आइएलटिस कोर्स सम्बन्धि सबै बिषयको जानकारी दिइने थर्ड आइ एजुकेशनका अध्यक्ष ओम प्रकाश गैरेले बताए ।

‘सेमिनारबाट विद्यार्थीहरुले आइएलटिस सम्बन्धि सबै जानकारी लिन सक्छन,’ उनले भने, ‘यसमा आइएलटिस कसरी पढ्ने, यसको परिक्षा कसरी दिने, आएल्स भनेको के हो भन्ने बिषयमा सुचना प्रवाह गरिन्छ ।’

थर्ड आइ एजुकेशन सेन्टरका प्रशिक्षकद्धारा हुने सेमिनार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म संचालन हुने अध्यक्ष गौरेले जानकारी दिए । साथै सेमिनारमा आउने विद्यार्थीहरुलाई छात्रवृत्तिको समेत व्यवस्था गरिएको उनले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.