www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा शुक्रबार कविता कन्सर्ट

पोखरा ।

यहि असोज २६ गते पोखरामा एकल कविता कन्सर्ट हुदैँछ । शारीरिक अपांगता भएका व्यक्तिहरुको सहयोगका लागि चर्चित युवा कवि नवराज पराजुलीको एकल कन्सर्ट हुने भएको हो ।

लायन्स क्लव अफ पोखरा स्वर्णिम सिटिको निम्तोमा कवि पराजुली कन्सर्टका लागी पोखरा आउने भएका हुन् । शुक्रबार अपरान्ह चार बजे पोखरा सभागृहमा हुने कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाका अध्यक्ष लायन गोविन्द देवकोटाले जानकारी दिए ।

Batas

युवामाझ चर्चित कवि पराजुलीको कविता टिकट काटेर सुन्नुपर्नेछ । जसको लागि आयोजकले तीन सय, पाँच सय र एक हजार दरका टिकटको व्यवस्था गरेको छ । डेढ घण्टासम्म पराजुलीको अधिकांश कवितालाई पोखरामा सुन्न पाईनेछ ।

करीब दुई लाख ५० हजार खर्च हुने कन्सर्टबाट ५० हजार आम्दानी गर्ने लक्ष्य राखिएको छ । सो रकम नै अपांगता भएका व्यक्तिहरुका लागि सहयोग गरिने आयोजकले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.