www.tandavnews.com
Fact ~ In search of truth

शुक्लाफाँटा निकुञ्जमा पहिलो पटक घट्यो बाह्रसिंगेको संख्या

 

कञ्चनपुर ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलो पटक बाह्रसिंगेको संख्या घटेको छ ।

Batas

सन् २०१४ मा गरिएको गणनाको तुलनामा निकुञ्जमा ५५ वटा बाह्रसिंगे घटेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले गत बैशाखमा गरेको गणना अनुसार बाह्रसिंगेको संख्या २ हजार २४६ रहेको छ । जसमध्ये ५२२ भाले, एक हजार ५२३ पोथी र २०१ पाठापाठी छन् ।

सन् २०१४ मा गरिएको गणनाअनुसार शुक्लाफाँटामा बाह्रसिंगेको संख्या २ हजार ३०१ थियो । शुक्लाफाँटामा हरेक गणनामा बाह्रसिंगेको संख्या बढ्ने गरेकोमा यस वर्ष घटेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौडेलले बताए ।

उनले अघिल्लो वर्षको तथ्यांकका आधारमा बाह्रसिंगेकोे संख्यामा कमी देखिए पनि धेरै संख्या नघटेको बताए । शुक्लाफाँटाबाट चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज १० वटा बाह्रसिंगेको स्थानान्तरण गरिएको बताउँदै उनले वन्यजन्तुको गणनामा गर्दा ‘हेडकाउण्ट विधि’ बाट गरिने भएकाले १० प्रतिशत तलमाथि पर्दा सामान्य रुपमा लिइने प्रष्ट पारे ।

शुक्लाफाँटामा स्थापनाकाल ९सन् १९७६० मा बाह्रसिंगेकोे संख्या ९ सय रहेको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.