www.tandavnews.com
Fact ~ In search of truth

शौचालय नहुँदाको सकस

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज ।

‘आउनुस् अब गुडिहाल्ने हो । कति सिट चाहिएको तपाइलाई ? खालि छ के आउनुस् ।’ सहचालक लगातार यात्रु बोलाइरहेछन् । कुस्माका लागि बस छुट्दै छ, पोखराको हरिचोकबाट ।

यहाँ जीप, यात्रुबहाक बस तथा मालबहाक लगायत अन्य सवारी साधनहरु पनि पंक्तिबद्ध भएर पार्किङमा छन् । प्राय सवारी गा्रमिण भेगमा हुईकिन्छन् । बाग्लुङ, पर्वत र म्याग्दी पुग्ने यात्रुहरुको पनि उत्तिकै चहलपहल देखिन्छ ।

Batas

कास्कीको उपल्लो गाउँबाट बजार गर्न र दैनिक उपभोग्य सामान खरिदका निम्ती मानिसहरु पोखरा आउने गर्दछन । पोखरा महानगरपालिका –१ हरिचोक कास्कीको उपल्लो भेग जाने ट्रान्जिट पोईन्ट हो । हरिचोक क्षेत्रमा गाउँघरमा उत्पादन गरेका तरकारी बिक्रिका लागि मात्र नभई घरायसी प्रयोजनका लागि आवश्यक पर्ने दैनिक उपभोग्य बस्तु खरिदबिक्री हुन्छ ।

बिशेषगरी कास्कीको माछापुच्छ«े गाउँपालिकाको वडा –२ का बाहेक अन्य वडाबासीहरु र उपल्लो भेगका स्थानियहरु बजार गर्न हरिचोक आउने गरेको घाचोकका शुशिल जंग केसी बताउछन् । हरिचोक क्षेत्रमा रहदा यात्रुहरुलाई सार्बजनिक शौचालयको सकस हुने गरेको उनको अनुभव छ । ‘धेरै मानिसहरुको जमघट हुने यो क्षेत्रमा सार्वजनिक शौचालयको खाँचो छ, उनी भन्छन्, ‘दिशा पिसाब गर्नको लागि मात्रै कुनै होटलमा खाजा खान पर्ने बाध्यात्मक परिस्थिति छ ।’

त्यस्तो प्रकारको समस्या हल गर्नका लागि वडा कार्यालयले पहल गर्नुपर्ने तर्क दिन्छन केसी । घाचोक स्थित रहेको न्यू सनराईज युवा क्लबको अध्यक्ष समेत रहेका केसीले भैलो खेलेरै भएपनि सो क्षेत्रमा सार्बजनिक शौचालय निर्माण गर्ने पक्षमा रहेको सुनाउछन् ।

‘त्यो घाचोक बासीको मात्र समस्या होईन, उनी भन्छन, ‘बागलुङ, पर्वत र म्याग्दी जानेहरुको पनि केन्द्र हो त्यसैले हरिचोकमा यात्रुहरुको आवश्यकता भनेको सार्वजनिक शौचालय हो । त्यस समस्याको समाधान तर्फ वडाले ध्यान दिनपर्छ ।’

यही बर्ष बन्छ हरिचोकमा स्मार्ट शौचालय : वडा अध्यक्ष पराजुली

यता वडा बिकास र समृद्धिको सवालमा बिशेष सरोकार राख्ने वडा अध्यक्ष शारदा पराजुलीले यहि बर्षमै वडा १ मा दुई वटा स्मार्ट शौचालय निर्माण गर्ने बताउछिन् । गत बर्ष टेण्डर प्रक्रियामा गैसकेर समेत निर्माण हुन नसकेको स्वीकार गर्दै यो बर्ष कुनै हालतमा पनि निर्माण गरेरै छाड्ने प्रतिबद्ध छिन् उनी ।

गत बर्ष शौचालयको लागि जग्गा उपलब्ध गर्न नसक्दा शौचालयको बजेट फाटफुट ब्यबस्थापनमा खर्चिएको सुनाईन । शौचालयका लागि उपयुक्त स्थान स्वास्थ्य बिज्ञान प्रतिष्ठान र राष्ट्रिय माबिको जग्गा भएकाले निर्माण हुन नसकेको बताउदै यथाशिघ्र समस्या सुल्झिने तर्क दिन्छिन् ।

‘कम्तीमा २ वटा स्मार्ट शौचालयको योजना छ,’ उनी भन्छिन, ‘स्वास्थ्य बिज्ञान प्रतिष्ठान र राष्ट्रिय माबिसँग समन्वय गरेर स्मार्ट शौचालयको लागि सानो जग्गाले नै प्रर्याप्त हुने भएकाले दशै पछि नै काम सुरु हुन्छ ।’

यही आर्थिक बर्षमै हरिचोकमा र अर्को एक स्थानमा सार्वजनिक स्मार्ट शौचालय बनाउनेमा अध्यक्ष पराजुली प्रतिबद्ध छिन् ।

कास्कीको उपल्लो भेगबाट बजार गर्न पोखरा झर्ने र बाग्लुङ तथा म्याग्दी जाने यात्रुहरुको ट्रान्जिट पाईन्ट हरिचोक भएको बताउदै उनीहरुको समस्यालाई मध्यनजर गर्दै सार्बजनिक शौचालय निर्माण गरिने पराजुलीको भनाई छ । दशै अगावै विद्युत पोलका बत्तिहरु मर्मत गर्ने र तरकारी संकलन केन्द्रको स्थापना गर्ने समेत वडाको योजना रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.