www.tandavnews.com
Fact ~ In search of truth

श्रीमती संघद्वारा ट्राफिक प्रहरीलाई रेनकोट

पोखरा ।

गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघ पोखराले ट्राफिक प्रहरीलाई रेनकोट हस्तान्तरण गरेको छ । संघले गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका लागि ५० थान पानी वर्षादी हस्तान्तरण गरेको हो ।

गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघ पोखराकी अध्यक्ष कान्ता बोहराले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहरा, गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्याल र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रलाई पानी वर्षादी रेनकोट हस्तान्तरण गरेकी हुन् ।

Batas

घाम पानीको प्रवाह नगरी सडकमा खटिने ट्राफिक प्रहरीको कार्य सम्पादनमा सहज होस भन्ने उद्दे्रश्यले रेनकोट हस्तान्तरण गरेको संघकी सचिव रविना अर्यालले बताइन् ।नागरिकमा प्रहरी प्रतिको नकारात्मक सोच हटाउन, प्रहरी प्रतिको सकरात्मक विश्वास अभिवृद्धि गर्न श्रीमती संघले उदारता देखाएको भन्दै प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले आभार व्यक्त गरे ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश जंग कार्की, क्षेत्रीय सशस्त्र प्रहरी गण पोखरामा प्रमुख प्रहरी उपरीक्षक लालमणी आचार्य, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना, गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु लगायत कास्की स्थित विभिन्न प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.