www.tandavnews.com
Fact ~ In search of truth

संगम कप असोज ७ गतेदेखि

पोखरा,
ताण्डव न्यूज ।

लागू औषध निर्मुल हाम्रो अभियान समाज परिर्वतनमा युवा जागरण’ नाराका साथ ७ औं संगमकप ११ ‘ए’ साइण्ड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

असोज ७ गतेदेखि ११ गतेसम्म आयोजना हुने प्रतियोगिता भण्डारढिक स्टेडीयममा संचालन हुनेछ ।खेलाडीहरुको जनहितका लागि खेल मैदानको अभाव र चुनौती भएपनि प्रतियोगिता आयोजना गर्न लागेको संयोजक शिव गुरुङले बताए । उनका अनुसार प्रतियोगितामा एन्फा कास्कीमा दर्ता भएका क्लबहरुलाई मात्र सहभागी गराउने निर्णय रहेको उल्लेख गरे ।

Batas

प्रतियोगितामा प्रथम पुरस्कार तर्फ १ लाख ५० हजार, द्धितिय तर्फ ९० हजार पुरस्कार प्रदान गरिनेछ । साथै विभिन्न विधाहरुमा उत्कृष्ट बेष्ट प्लेयर तर्फ ७ हजार, उत्कृष्ट डिफेन्स, मिडफिडर, स्ट्राइकर, गोल रक्षक र सर्वाधिक गोलकर्तालाई ५ हजार रुपौयाँ पुरस्कारको व्यवस्था समेत रहेको छ ।

हङकङ निवासी तिलक गुरुङको मुख्य प्रायोजन रहेको प्रतियोगितामा टिम दर्ता शुल्क ७ हजार रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.