www.tandavnews.com
Fact ~ In search of truth

संघ,प्रदेश र स्थानीय तहमा १ लाख ३१ कर्मचारी समायोजन

पोखरा ।

सरकारले संघीय संरचना अनुसार कर्मचारी समायोजन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाण्डौँमा आज बिहिवार पत्रकार सम्मेलन गरि संघ,प्रदेश र स्थानीय तहका सबै निकायमा १ लाख ३१ कर्मचारी समायोजन गरेको जानकारी दिएको हो ।
समायोजन प्रक्रिया अन्तरगत कुल दरबन्दी १ लाख ३७ हजार ६ सय १४ कर्मचारीको दरबन्दी स्वीकृत भएको जानकारी दिए ।

संघमा ४८ हजार ४ सय ९ दरबन्दी स्वीकृत भएकोमा ३९ हजार ९ सय ६० कर्मचारी समायोजन गरिएको छ । यस्तै, सातवटै प्रदेश गरेर २२ हजार २ सय ९७ दरबन्दी स्वीकृत भएकोमा १३ हजार ८ सय २१ कर्मचारी समायोजन गरिएको छ । ७ सय ५३ स्थानीय तहमा ६६ हजार ९ सय ८ दरबन्दी स्वीकृत भएकोमा ४३ हजार ८ सय ७ कर्मचारी समायोजन गरिएको छ ।

यस्तै, फाजिलतर्फ २ हजार ४ सय ४३ कर्मचारी समायोजन भएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.