www.tandavnews.com
Fact ~ In search of truth

संघीयता कार्यान्वयन कमजोर हुदाँ आलोचना : काँग्रेस नेता आचार्य

काठमाडौं ।

नेपाली काँग्रेसका नेता नरहरि आचार्यले प्रदेशहरुलाई केन्द्र सरकारले अधिकार नदिएकाले संघीय संरचनाहरुले प्रभावकारी काम गर्न नसकेको बताएका छन् । संघीयता कार्यान्वयनको पक्ष कमजोर हुदाँ संघीय व्यवस्थाको आलोचना हुने गरेको उनको भनाई छ ।

नेता अचार्यले काँग्रेसको दोस्रो जागरण अभियान अन्तर्गत आफ्नै निवासमा आयोजित कार्यक्रममा संघीयताका विषयमा आलोचना आउनुको कारणमध्ये एक संघीयता एकैचोटी कार्यान्वयनमा नआउनु भएको बताएको जनाइएको छ ।

कार्यक्रममा ललिपुर काँग्रेस नेता चन्द्र महर्जन, प्राध्यापक इन्जिनियर हरिदर्शन श्रेष्ठ, प्राध्यापक टेकप्रसाद घिमिरे, प्राध्यापक हरि थपलिया, काठमाडौं महानगरपालिका वडा ५ का वडा अध्यक्ष रमेश डङ्गोेल र रामचन्द्र घिमिरेलगायतले काँग्रेसको जारी जागरणको कार्यक्रममा पुराना कुराहरु मात्र धेरै हुने गरेको भन्दै ७० प्रतिशत भन्दा बढी संविधानका कुरा गर्न जरुरी रहेको धारणा राखेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.