www.tandavnews.com
Fact ~ In search of truth

संविधान जनता आफैँले निर्माण गरेकोःपूर्वसभामुख नेम्वाङ

काठमाडौं ।

पूर्वसभामुख सुवास नेम्वाङले जनताको मन जितेर संविधान परिमार्जन गर्न सकिने बताएका छन । उनले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताए ।

आज यहाँ तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले संविधान परिवर्तनीय भएकाले कुनै पनि बेला संशोधन गर्न सकिने बताए ।

वर्तमान सरकार शासक र राजाले निर्माण गरेको नभई जनताले निर्माण गरेको उनको भनाइ थियो । ठूलो प्रयास र लामो सङ्घर्षपछि निर्माण भएको संविधान अहिले कार्यान्वयनको चरणमा रहेको नेता नेम्वाङले बताए ।

जिल्लामा विद्युत् र यातायातको सुविधा पुर्याउन आफू प्रयत्नशील रहेको उनले बताए । “विसं २०५६ मा चुनाव लड्दा विद्युत् र यातायातको सुविधा थिएन”, नेता नेम्वाङले भने, “अहिले कति विकास भएको छ आफैँ देख्न सकिन्छ ।” जिल्लाका सबै घरमा विद्युत् पुर्याउन आफू प्रयत्नरत रहेको उनको भनाइ थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.