www.tandavnews.com
Fact ~ In search of truth

संविधान दिवसको अवसरमा २६० कैदीको सजाय कट्टा, २२ कैदीलाई माफी

काठमाडौं ।

संविधान दिवसका अवसरमा सरकारले २६० कैदीको बाँकी कैदको सजाय कट्टा गरेको छ भने २२ कैदीलाई माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सजाय माफी दिएका हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा भीमबहादुर शेर्पासमेतका २६० जना कैदीको बाँकी सजाय कट्टा गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

यस्तै सरकारले २२ जना कैदीको कैद सजाय माफी दिएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामकिशोर साह तेलीसमेत २२ जनाको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व लगायतको सजाय माफी गर्नुभएको सहायक प्रवक्ता घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.