www.tandavnews.com
Fact ~ In search of truth

संसदको गतिरोध अन्त्यको लागि आजैबाट काम शुरुः नेकपा नेता नेम्वाङ

काठमाडौं ।

नेकपा नेता सुवासचन्द्र नेम्वाङ नेतृत्वमा हिजो गठन भएको विशेष समितिले संसदको गतिरोध अन्त्यको लागि आजैबाट काम शुरु गर्ने जनाएको छ ।

लामो समय संसद अवरोधले स्थापित प्रणाली माथि चुनौती थपिएकाले गतिरोध अन्त्यका लागि उचित समाधानको पहल गरिने नेम्वाङले जनाएको छ ।संसदमा गतिरोध संसदीय अभ्यासमा सामान्य भएपनि पटकपटक दोहोरिने अवरोधले ठुलो प्रभाव पार्ने भन्दै सबैलाई मान्य हुने गरि समाधान गरिने नेम्वाङले बताएका छन् ।

नेकपा नेता नेम्वाङको नेतृत्वमा हिजो गठन गरिएको संसदीय समितिमा देव गुरुङ, पुष्पा भुषाल, मिनेन्द्र रिजाल, उमाशंकर अरगरिया लगायत ७ जना सदस्य रहेका छन् ।संविधान, नियम र स्थापित अभ्यासलाई मध्यनजर गर्दै समितिले तयार गर्ने अध्ययन प्रतिवेदन छिट्टै संसदमा बुझाइने नेम्बाङको भनाई छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.