www.tandavnews.com
Fact ~ In search of truth

संस्कृत माध्यमिक विद्यालयमा पौडेलद्धारा रकम सहयोग

पोखरा
ताण्डव न्यूज ।

नेपाली महिलाहरुको चाड हरितालिका तीज तथा पुत्री लाभ भएको अवसरमा रमण पौडेल र श्रीमति  सौजना पौडेलले संस्कृत माध्यमिक विद्यालय बगरलाई रकम सहयोग गरेका छन् ।

सो अवसरमा विद्यालयमा अध्ययनरत बटुकहरुलाई भोजन गराए । आज शनिबार कार्यक्रमको आयोजना गरि पौडेलले अक्षयकोषकालागि २० हजार प्रदान गर्ने घोषणा समेत गरेका छन् ।

Batas

कार्यक्रममा महर्षी बैदिक फाउन्डेसनका ध्यानसिद्धि गुरु शिवप्रसाद उपाध्यायले अन्नदान गर्नु ठूलो धर्म रहेको बताए । ‘आफु खुशी हुँदा अरुलाई पनि खुशी देख्न चाहाने कमै हुन्छन्’ उनले भने ‘भोजन गराउने परिवारलाई पुण्य मिल्ने छ ।’

कार्यक्रममा सहयोगदाता पौडेल, विद्यालयका अध्यक्ष गोविन्द नेपाली, अर्का सहयोगी तुलबहादुर ठकुरी लगायतले बोले । कार्यक्रमको सञ्चालन शिक्षक कृष्ण सिग्देलले गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.