www.tandavnews.com
Fact ~ In search of truth

सगरमाथा चुचुरोमा पुगे उचाई नाप्ने टोली

पोखरा,
ताण्डव न्यूज ।

सगरमाथाको उचाई नाप्ने टोली आब बिहान सगरमाथाको चुचुरोमा पुगेका छन् ।

उचाई नाप्नका खटिएका नापी विभागका उपसचिव खिमलाल गौतम नेतृत्वका टोली विहान ३ बजेर १५ मिनेटमा चुचुरोमा पुगेका थिए । टोली चुचुरोमा पुगेर जीएनएनएस र जीपीएस सेट गर्ने काम सकेर शिखरबाट फर्केर साउथकोल आइसकेको जनाइएको छ ।

Batas

भोली बिहिबार सम्ममा आधारशिविर आईपुग्ने पिक प्रमोशनले जनाएको छ । अब जीपीएसमा सेट भएका तथ्यांकहरुको आधारमा संसारका दर्जनौँ बैज्ञानिकहरुले यसलाई गणितिय र ज्यामितिय हिसाबले अध्ययन गरी उचाईको टुंगो लगाएर पुष्टि गर्नेछ ।

यसका लागि कम्तिमा अझै ६ महिना लाग्ने पिक प्रमोशनले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.