www.tandavnews.com
Fact ~ In search of truth

सञ्चार संस्थालाई कानुनी दायरामा ल्याउनुपर्छ : सञ्चारमन्त्री बास्कोटा

काठमाडौं।

सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यवस्था र लोकतन्त्रमा खलल पुर्याउने वातावरण सिर्जना गर्ने गतिविधिमा संलग्न पत्रकार र सञ्चार संस्थालाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।

लोकतन्त्रकाविरुद्ध जाने छुट पत्रकार र सन्चारगृहलाई नभएको भन्दै उनले त्यस्ता गतिविधिमा संलग्न पत्रकार र सञ्चारगृहलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएका हुन् ।

मिडिया काउन्सिल विधेयकबारे शुक्रबार राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सरकारले कानुन बनाएर काम गर्नसक्ने बताए ।

उनले स्वतन्त्रताका नाममा स्वच्छन्दता हावी हुँदै गएको भन्दै एकपछि अर्को गर्दै मिडियामा यस्ता घटनाहरु आउन थालेको बताए ।सञ्चारमन्त्री बाँस्कोटाले व्यवस्था र लोकतन्त्रको रक्षाका लागि बनाइने कानुनमा जति विरोध, आन्दोलन भएपनि सरकार पछि नहट्ने प्रस्ट पारे ।

सुधार गर्न आग्रह

विधेयकको सैद्धान्तिक छलफलमाथि भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सांसदहरुले भने मिडिया काउन्सिल विधेयको व्यवस्थाले व्यवस्था जोगिनेभन्दा पनि खतरामा पर्ने चिन्ता गरे ।

उनीहरुले मिडिया काउन्सिल विधेयकलाई सामान्य विधेयककारुपमा हेर्न नहुने भन्दै विश्वव्यापी मान्यताअनुसार स्वनियमन हुनेगरी विधेयक निर्माण गर्नुपर्ने बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.