www.tandavnews.com
Fact ~ In search of truth

सदावहार युवा क्लबको तीज विशेष सम्पन्न

पोखरा
ताण्डव न्यूज ।

सदावहार युवा क्लब निर्मलपोखरीको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

तीजको मौलिकतालाई जगेर्ना गर्ने उद्धेश्यले बुधबार आयोजित उक्त कार्यक्रममा एकल नृत्य र सामूहीक तिज गित प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

Batas

एकल नृत्य प्रतियोगितामा सनिसा भट्टराई प्रथम, दिपा आचार्य द्धतिय र प्रमिला सुनार तृतिय भइन् ।

यस्तै, सामुहिक तीज गीत प्रतियोगितामा पोखरेल थोक दिदिबहिनी समूह प्रथम , दिदी बहिनी समूह द्धतिय, प्रकृति प्रेमी समूह तृतिय र बालबालिका समूह शिवालय चौथो भए ।

कार्यक्रममा प्रमुख अतिथि पुर्व प्रध्यापक एवं समाजसेवी देशराज चालिसे, विशेष अतिथि क्लबका संस्थापक अध्यक्ष सोमनाथ भण्डारी, मित्र मिलन कृषि सहकारी संस्था का सचिब रमण पौडेल , क्लबका निबर्तमान अध्यक्ष रोशन भट्टराई, जनप्रिय बहुमुखी क्याम्पसका स्वोबियु सचिब धुर्ब राज अधिकारी, क्लबका पुर्ब अध्यक्ष हरिबिनोद अधिकारी र बिगेन नेपाल रामबजारका प्रबन्धक पुष्पराज लामिछानेले मन्त्वय राखेका थिए ।

कार्यक्रमलाई नयाँबजारमा अवस्थित मित्रमिलन कृषि सहकारी संस्थाले मुख्य प्रायोजन गरेको थियो । नितिसा ज्वेलर्स पोखरा १७ बिरौटाको सहप्रायोजन रहेको कार्यक्रमलाई सेमिरा ज्वेलर्स साम्मी सुन चाँदी पसल एण्ड टक्सारले प्रायोजन गरेको थियो ।

कार्यक्रममा लोक दोहोरी गायक संकल्प चापागाई , गायिका कोपिला सापकोटा र गायक प्रेम बस्यालले प्रस्तुती दिएका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.