www.tandavnews.com
Fact ~ In search of truth

सधैँ कम्युनिष्ट र कांग्रेस भनेर बसिरहे परिवर्तन असम्भव :रजनी

पोखरा।

साझा पार्टीकी उम्मेदवार रजनी केसीले जनताले सधैँ कम्युनिष्ट र कांग्रेस भनेर बसिरहे देश परिवर्तन हुन नसक्ने जिकिर गरेकी छिन्। जनताले मत बदले देश बदल्न कुनै समस्या नरहेको बताएकी छन् ।

हिजो (बिहीबार) पोखरा–१७ छोरेपाटनमा आयोजना गरिएको चुनाव लक्षित कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।उनले भनिन्,‘सधैँ दुई फरक पार्टीलाई मत दियौँ, जिताएर पठायौँ, जितेर गएकाहरुको जीवन लोभलाग्दो बनिसक्यो, हामी जनता जहाँको त्यही छौँ ।

Batas

छिमेकीले देशको भूमि अतिक्रमण गर्दा पनि कुनै पहल नगर्नाले सरकारको कार्य क्षमता माथी नै प्रश्न उठेको उनले बताइन् । उनले आफू सधैँ नातावाद, कृपावादको विपक्षमा रहेको स्पष्ट पारिन् ।

गल्ती सुधार गर्ने अवसर :संयोजक मिश्र

सभालाई सम्बोधन गर्दै साझा पार्टीका केन्द्रिय संयोजक रवीन्द्र मिश्रले नेपाली राजनीति परिवर्तन गर्न पुराना दल बाधक बनेको बताए ।

सबैलाई डर र त्रासमा राखेर गरिएको राजनीतिले गर्दा देश पछाडि परेको उनको भनाइ थियो । ‘शिक्षा क्षेत्रमा भातृ संगठन, स्वास्थ्य क्षेत्रमा पनि त्यस्तै, उनले भने, शिक्षक स्वतन्त्र छैनन्, स्वास्थकर्मी स्वतन्त्र छैनन्, यसरी नै चलिरहे देश अगाडि बढ्न सक्दैन ।

दुई फरक पार्टीलाई पालैपालो मत दिएर गरिएको गल्ती सुधार गर्ने अवसर उपनिर्वाचनले दिएको बताए ।सकारात्मक सोच भए देश बदल्न कठिन नभएको उनको जिकिर छ । उनले जनताले जिताएर पठाएका नेताहरु काण्डैकाण्डमा मुछिएर देश नै खोक्रो बनाइसकेको बताए ।

सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य विकल शेरचनले राजनीतिज्ञहरु चुनाव केन्द्रित मात्र नभइ जनताका समस्या समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।इमानको राजनीति गरेर साझा पार्टीले छोटो समयमा सकारात्मक छाप छोड्न सफल भएको बताउँदै उनले कम्युनिष्ट र कांग्रेकिो सहि विकल्प साझा पार्टी भएको दाबी गरे ।

यस्तै पार्टीका कास्की जिल्ला संयोजक अर्जुन प्रसाद खनालले व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन हुन नसकेको बताए। मन र मत परिवर्तन गरे विदेशीको अगाडि घुँडा टेक्नुपर्ने अवस्था अन्त्य हुने उनले स्पष्ट पारे ।

उनले विध्वंसलाई पछि छाडेर साझा पार्टी असल विचार लिएर देश विकासको लागि अगाडि बढिरहेको धारणा राखे ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.