www.tandavnews.com
Fact ~ In search of truth

सनफ्लो तेल खरिद गर्ने उपभोक्ताले पाए हिराको हार

पोखरा,
ताण्डव न्युज।

केएल दुग्गर ग्रुप ले सनफ्लो तेल खरिद गर्ने उपभोक्तालाई हिराको हार उपहार योजना ल्याएको छ ।

उपभोक्तालाई केही होस भनी कार्तिक ६ गतेबाट तीन महिनाको लागि स्किम ल्याएको जनाइएको छ । गुप्रले प्रत्येक १५-१५ दिनमा लक्की ड्र गरी विजेता घोषणा गर्नेछ ।

लक्की ड्रबाट पहिलो हिराको हार पाउने पोखरा –१० बुद्धचोक निवासी दिपकबहादुर थापालाई बुधबार पोखरामा एक कार्यक्रमका बीच ग्रुपले हिराको हार हस्तान्तरण गरेको थियो । उनी लक्की ड्र बाट पहिलो विजेता बनेका हुन । उनले तेलको प्याकेट किनेको पसल सञ्चालक दिपक शेरचनलाई ३२ इन्चको टिभी प्रदान गरिएको थियो ।

सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्दा प्याकेटमा भएको १० अंकको नम्बरलाई ३१००८ मा एसएमएस गर्नुपर्ने हुन्छ । लक्की ड्र मार्फत हरेक १५ दिनमा हिराको लकेट, हार, टप पाउने केएल दुग्गर ग्रुपका मार्केटिङ प्रमुख उपेन्द्र सिग्देलले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.