www.tandavnews.com
Fact ~ In search of truth

सनराइजको नयाँ शाखा नवलपुरको कावासोती

नवलपुर।

सनराइज बैंकले नवलपुर स्थित कावासोतीमा यस बैंकले शाखा संचालनमा ल्याएको छ ।

नवलपुमा आज (बुधबार) आयोजित औपचारिक कार्यक्रममा कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दानिया थारु र संचालक समिति सदस्य ई. शैलेन्द्र गुरागाईंले शाखाको सयुंक्त रुपमा उद्घाटन गरे ।

Batas

ग्राहकहरुको सेवा, सुविधा मध्यनजर गर्दै सन्राइज बैंकले देशका विभिन्न भागमा नयाँ शाखा संचालन गर्दै आइरहेको छ । नवलपुरमा खुलेको नयाँ शाखा गरि सनराइजको संख्या ११२ वटा पुगेको छ ।

बैंकले नेपाल अधिराज्य भर ३६ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२६ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको छ ।

उद्घाटन कार्यक्रममा सन्राइज बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.