www.tandavnews.com
Fact ~ In search of truth

सन्नी लियोन र करिना कपुरको छोराको अनुहार मिलेपछि . . .

एजेन्सी । 

बलिउड अभिनेत्री करीना कपूर खानको छोरा तैमूर र सनी लियोनीको छोरा नोआ अहिले निकै चर्चामा आएका छन् ।

दुई जनाको अनुहारलाई लिएर अनेक खालका हल्लाहरु चल्न थालेका छन् । यस विषयमा हालै सनी लियोनीसँग प्रश्न गर्दा उनले निकै शानदार जवाफ दिएकी छिन् । उनले भनिन्, तैमूर निकै क्यूट छ र मेरो छोरा (नोआ) पनि निकै सुन्दर छ ।

Batas

बलिउडमा सनीको यो बयान निकै भाइरल भएको छ । र सामाजिक सञ्जालमा एक तस्विर निकै भाइरल भइरहेको छ ।

तस्विरमा सनी लियोनले आफ्नो छोरा बोकेकी छिन् । यो तस्विरको खास कुरा के छ भने, तस्विरमा नोआ हूबहू तैमूर अलीजस्तै देखिएका छन् ।

फोटो देखेर करेक कोही कनफ्यूज हुन्छन् कि, बच्चा सनी लियोनको छोराको हो कि तैमूर हो भनेर ।

यस तस्विर हेरेर कतिले प्श्न गरेका छन्, ‘के सनीले तैमूरलाई बोकेकी हुन् ?’ र कतिले भनेका छन्, ‘यो जुनियर तैमूर हो ।’

यसैबीच सनीले भने दुबै बच्चाको तारिफ गरिसकेकी छिन् । सनी लामो समयदेखि कुनै फिल्ममा देखिएकी छैनिन् । तर उनी केही वेब सीरीजमा देखिँदैछिन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.