www.tandavnews.com
Fact ~ In search of truth

सफल एक्सपोबाट ३ लाख ८७ हजार बचत, पुसमा राष्ट्रिय औद्योगिक व्यापार मेला

पोखरा,

ताण्डव न्यूज ।

पोखरा उद्योग वाणिज्य संघ पोखराले आयोजना गरेको सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेलाबाट ३ लाख ८७ हजार २ सय २ रुपैँया बचत गरेको छ।

Batas

कुल ९२ लाख ४३ हजार ६ सय ७० रुपैया आम्दानी भएको मेलामा ८८ लाख ५६ हजार ४ सय ६७ खर्च भएको अध्यक्ष दामु अधिकारीले बताए । २०७५ सालमा भएको मेला मंसिर १३ गतेदेखि २३ गतेसम्म प्रर्दशनी केन्द्रमा संचालन गरिएको थियो ।

यस अघिका मेलाको भन्दा कम दर्शक उपस्थित हुनुलाइ महोत्सवको नाम परिवर्तनले असर गरेको उवासंघको ठहर भएको महासचिब अर्जुन पोखरेलले बताए । आगामी मेलाहरु पुरानै नामबाट निरन्तरता दिने उनले बताए । यहि पौष १८ गतेदेखि २८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७६’ मेलाको आयोजना हुनेछ ।

पुसमा हुने महोत्सवलाई अझै उत्साह साथै आधुनिक बनाइने संघले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.