www.tandavnews.com
Fact ~ In search of truth

सबैको लघुवित्तको साधारण सभा सम्पन्न

पोखरा ।

तनहुँको बन्दीपुर १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले शनिबार डुम्रे, तनहुँमा आफ्नो दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले चालु आर्थिक वर्षमा सर्वसाधारणका लागी साधारण शेयर निष्काशन गर्ने सहितका निर्णय गरेको संस्थाका अध्यक्ष सृजना जोशीले बताइन ।

२०७४ साल बाट आर्थिक कारोवार सुरु गरेको यस संस्थाले गत मंशिर मसान्त सम्म ३३ शाखाहरु मार्फत् १९ हजरा १ सय २९ सदस्यहरुमा असुल गर्न बाँकी कर्जा १ अर्ब ५ करोड ८२ लाख २८ हजार रुपैयाँ लगानी गरी २१ करोड ३२ लाख ५७ हजार रुपैयाँ बचत गरेको छ । यस अवधीमा संस्थाले ९१ लाख २ हजार खुद नाफा आर्जन गर्न सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव पौडेलले बताए ।

साधारण सभाकै अवसरमा संस्थामा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा कार्यालयका शाखा प्रमुखहरुलाई सम्मानित समेत गरिएको बताइएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.